स्व. को-पाइलट सन्तोष रानाको ‘तिमी हाँसेको’ मा सनम र नताशा (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७६, आईतवार

नेपाली हवाईआकाशका एक अविस्मरणीय पात्र स्व. को पाइलट सन्तोष राना जसले २०७२ फागुन १४ गते कालिकोटमा भएको हवाई दुर्घटनामा ९ जना यात्रुहरुको ज्यान बचाउदै बलिदानिपुर्ण कार्य गरेका थिए । सन्तोष रानाको स्मृतिमा तयार भएको “सृजना र सम्झना” मा संग्रहित स्वयं सन्तोष रानाको शब्द दिनेश सुब्बाको संगीत र थुप्देन भुटियाको स्वरमा रहेको ‘तिमी हाँसेको’ गीतको भिडियो सार्वजनिक भएको छ ।

भावेश भुमरीले निर्देशन गर्नु भएको उक्त भिडियोमा सनम कठायत र नताशा ब्लोनको प्रेमिल जोडी देख्न सकिन्छ भने चितवनमा छायांकन गरिएको उक्त भिडियोको छायांकन मुकेश हुमागाइ र सम्पादन टेकेन्द्र शाहले गर्नु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु