
ध्रुवप्रसाद अम्गाईंको शब्द सृजना र सनुप पौडेलको स्वर रहेको नयाँ गीत ‘न भुल्ने सक्ने’ सार्वजनिक भएको छ ।हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियो अम्गाईंकै निर्देशन रहेको गीतको भिडियोमा सनम कठायत र अपसना थापालाई फिचर्ड गरिएको छ । मुकेश हुमागाईंको छायाँकन रहेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियोलाई बिन्ध्यबासिनी म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ ।