• सनुपको स्वरमा नयाँ गीत ‘थाकिसके’ सार्बजनिक (भिडियो सहित)

    म्यूजिक खवर
    प्रकाशित: १२ बैशाख २०७६, बिहीबार

    सनुप पौडेलको स्वरमा रहेको गीत ‘थाकिसके’ सार्बजनिक भएको छ । । एभरेष्ट केसीको शब्द र शिखर सन्तोषको सङ्गीत, फणिन्द्र राइको एरेन्ज रहेको भिडियोमा विदेशमा बस्ने परदेशीको पिडालाई देखाउन खोजिएको छ । दर्जनौ चर्चित गीतहरु स्रोता/दर्शकमाझ ल्याएका तथा भ्वाइस अफ नेपालका जज सनुप पौडेलको यस गीतमा सकारात्मक सन्देश प्रबाह गर्न खोजिएको छ । गायक सनुप तथा मोडल निशा तामाङको अभिनय रहेको यस भिडियोलाई रामकुमार केसी र नवीनकुमार श्रेष्ठले छायाँकन गरेका हुन् भने सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु