सनुप पौडेलको “प्र‌श्‍न”(भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १५ भाद्र २०७६, आईतवार

काठमाडौं । गायक सनुप पौडेलको “प्र‌श्‍न” बोलको गीत सार्वजनिक भएको छ । सोही गीतमा सफर पोखरेल को शब्द रहेको उक्त गीतमा सुशान्त गौतमको संगीत रहेको छ भने गोपाल रसाइलीको एरेंज रहेको छ । सोही गीतको भिडियोमा राजीव भुषाल र मनिषा न्यौपानेको अभिनय रहेको छ । माया ,प्रेम र बिछोडको भाव समावेश गरिएको उक्त गीतमा नजिक हुन र टाढा जान डर भएको कुरा गरिएको छ ।

उक्त गीतको भिडियो राज राना , श्याम सुन्दर र प्रकाश पोखरेलले छायाँकन गरेका हुन् भने भिडियोलाई राजीव भुषालले निर्देशन तथा सम्पादन गरेका हुन् । गीतलाई आर जी इन्टरटेन्मेन्टको युटयुबबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु