वसन्तपञ्चमीमा सरस्वती वन्दना

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७८, सोमबार

काठमाडौ । वसन्त पंचमीको शुभअवसरमा क्रिएटिभ स्मार्ट पाठशालाले ‘सरस्वती वन्दना’ भजनको भिडियो सार्वजनिक गरेको छ । यसमा विद्याकी देवी सरस्वतीका १५ ओटै रुपहरु भारती, सरस्वती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कुमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, भुवनेश्वरी, मुकुटधारी, विणाधारीको वर्णन गरिएको छ । देवी सरस्वतीप्रति भक्तिभाव जगाउने धेरै वन्दनाहरु छन तर यो वन्दना नेपालमै पहिलो पटक छायाङ्कन गरी सार्वजनिक गरिएको निर्माण पक्षको दाबी छ ।
एलपिशर्मा भेटवालको शब्द, बविन भट्टराईको स्वर तथा संगीत, प्रदिप श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोका निर्देशक सुशिल क्षेत्री हुन् । देवी सरस्वतीप्रति भक्तिभाव राख्ने श्रोता दर्शकलाई आनन्दानुभूति गराउने भिडियोमा बविना भट्टराई, सोफिया भेलवाल आदिको अभिनय रहेको छ भने क्यामरा सरोज रञ्जित, सम्पादन राजन महर्जनको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु