तीजको छेकोमा हृदयस्पर्शी गीत ‘मैनाचरी’ सार्वजनिक ! सारिकाको, मर्मश्पर्शी शब्द र स्वर

म्यूजिक खबर
प्रकाशित: ३० श्रावण २०८२, बिहीबार २१:५७

काठमाडौं । लोकप्रिय गायिका सारिका घिमिरेले नयाँ गीत ‘मैना चरी’ सार्वजनिक गरेकी छिन् । तीजको छेको पारेर सार्वजनिक गरिएको यस गीतमा महिलामाथि हुने हिंसालाई अभिव्यक्त गरिएको छ । सारिका स्वयंमको हृदयस्पर्शी शब्दलाई योगेश काजीको संगीत तथा संगीत संयोजनले सुनमाथि सुगन्ध थपेको छ ।

‘मैना चरी’ मा सारिकाले मनको गहिराईबाट आम महिलाको पीडालाई उतारेकी छन् । ‘मैना चरी’ मा उनले गरेको अभिनय बेजोड छ । जसले दर्शकहरुलाई तानिरहने छ । शब्दमा झै गीतको भावमा डुबेर अभिनय गरेकी छन्, सारिकाले । उनी शब्द शिल्पी मात्र होईनन्, उनले अभिनयमा पनि आफूलाई अब्बल रुपमा प्रस्तुत गरेकी छन् ।

सारिकाकै शब्द रहेको गीतमा योगेश काजी शाहले संगीत भरेका छन्। बविता पोखरेलको कोरियोग्राफीमा बनेको गीतको भिडियोमा सारिका स्वयंले अभिनय गरेकी छन्। भिडियो गम्भीर विष्टले निर्देशन गरेका हुन्।

कर्मले हारेको मैना चरीको पखेटा काटिएपछि कसरी उड्छौ भन्दै गीतमा महिलाको वेदना प्रस्तुत गरिएको छ। मैना चरीलाई प्रतीक बनाएको गीत महिलामाथि हुने हिंसामा आधारित छ। सारिकाले आफ्नो अफिसियल युट्युव मार्फत शुक्रवार मध्यराति ‘मैना चरी’ सार्वजनिक गरेकी हुन् ।

सारिकाका धेरै गीतहरु चर्चामा छन् । केहि समयअघि सार्वजनिक भएको ‘गुन भुल्यौ पित्तलको’ गीतबाट उनी चर्चाको शिखरमै पुगेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु