पार्वती र बिमाको ‘कोखकी छोरी’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७६, मंगलवार

काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालीका तीज नजिकिदै गर्दा तीज सम्बन्धी गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् । यही अवसरमा नबराज घोरासैनी, उद्धव कार्की , बिमा कुमारी दुरा, पार्वती कार्की, सरोज लामिछाने, सपना कुमार र गरिमा हुमगाईको स्वरमा “कोखकी छोरी” बोलको तीज गीत सार्वजनिक भएको छ । उक्त गीतमा कमला संगमको शब्द रहेको उक्त गीतमा प्रभाभनको संगीत रहेको भने भुवन प्रकाश बडु र जीवनको एरेंज रहेको छ ।

तीजका दुख सुखको भाव समावेश गरिएको गीतमा तीजमा नाँच्न र रमाईलो गर्न आएको कुरा गरिएको छ । उक्त गीतको भिडियोमा सारिका केसी, सरोज दहाल, प्रलाद खरेल, राधा श्रेष्ठ, दिप मल्ल, बिबेक चौलागाई, सपना कुमार, गोकुल ढङगोल र गाणेश तिवारीको अभिनय रहेको छ भने रोनिस तामाङले छायाँकन रहेको छ । तीजमा चेलीको माईत जान पाउँदाको खुशी प्रस्तुत गरिएको छ । उक्त गीतको भिडियोलाई प्रभाभनले निर्देशन गरेका हून भने गीतको भिडियोलाई नविन भट्टले सम्पादन गरेका हुन् । गीतलाई नेपाल म्यूजिकको युटयुबबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु