सुमन र सारिकाको “मुना मदन ”को जस्तो प्रेम , भिडियो सहित !

म्यूजिक खबर
प्रकाशित: २९ भाद्र २०७५, शुक्रबार

भाद्र २९, काठमाडौं । गौतम शेर्पाको निकै मार्मिक लोकदोहोरी गीत “मुना मदन ” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायक गौत्तम शेर्पा र गायिका ऋष्मा तामाङको आवाज रहेको छ ।

मायालु जोडिको दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ । बद्रि पाठक र विरेन्द्र ढकालको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको हो ।

मुकेश हुमाँगाईले छाँयाकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन । गीतको भिडियोमा मोडल सुमन खतिवडा र सारिका केसीको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु