सांस्कृतिक कार्यक्रममा सारिका, योगेश, ध्रुव लगायतको प्रस्तुति

म्यूजिक खबर
प्रकाशित: ३ बैशाख २०७६, मंगलवार

काठमाडौं । नयाँ वर्ष २०७६ को पूर्व सन्ध्यामा रातोपुल स्थित रकहाउस क्याफेमा भएको विशेष सांस्कृतिक कार्यक्रममा गायक, गायिका योगेश काजी, सारिका घिमिरे र धु्रव विश्कोले आ आफ्नो प्रस्तुति मार्फत उपस्थित दर्शक, श्रोतालाई मनोरञ्जन प्रदान गरेका थिए् ।

उनिहरुले एक दर्जन भन्दा बढी गीत मार्फत दर्शक र श्रोेताको मन जित्दै नचाएका थिए । हरेक वर्ष जस्तै यस वर्ष पनि रक हाउस क्याफेमा २०७५ लाई विदाई र २०७६ लाई विशेषरुपमा स्वागत गर्नका लागि गरिएको विशेष कार्यक्रममा सारिका, योगश, धु्रव विश्को लगायत अन्य गायक गायिकाहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए । सञ्चारकर्मी गीता अधिकारीले सञ्चालना गरेको कार्यक्रममा बरिष्ठ कलाकार उत्तम केसी, पत्रकार सानुकाजी श्रेष्ठ, कलाकार तथा गायक श्यामकुमार मिश्रा, र्यापर भरत समारीलगायतकाको उपस्थिति रहेको थियो ।

‘हामीले हरेक वर्ष जस्तै नयाँ वर्षलाई विशेष बनाउने उद्देश्यका साथ नयाँ वर्षको पूर्व सन्ध्यामा विशेष साँस्कृतिक कार्यक्रम गरेका हौ, जसमा यस वर्ष अझ बढी दर्शक÷स्रोताले मनोञ्जन लिनुभयो’, क्याफेका सञ्चालक सुमन राईले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु