• मेरो माया भनी भन्दै दिक्पालसँग आईन् गायिका सरिता

    म्यूजिक खबर
    प्रकाशित: ९ माघ २०७९, सोमबार

    काठमाडौं । गायिका सरिता भारतीले नयाँ गीत ‘मेरो माया भनी’को भिडियो दर्शकमाझ ल्याएकी छिन् । सरिताको यो नयाँ गीत नेपाली लोक पप जनरामा आधारित रहेर सेलो शैलीमा तयार गरिएको छ । गीतलाई आरजे सिंहले लेखेका हुन् । जुगल डँगोलको संगीत तथा संगीत संयोजन रहेको छ । आर्टोम्युज रेकर्डिङ स्टुयोमा यो गीत तयार गरिएको हो ।
    यो गीतको भिडियोमा गायिका सरितासँगै अभिनेता दिक्पाल कार्कीको अभिनय छ । भिडियोमा दुबै जना शेर्पा समुदायको चरित्रमा उत्रिएका छन् । गीतमा विवाहको हतार भएको जनाउँदै आफुलाई विवाह गर्नको लागि घरमा वुवासँग माग्न आउन अभिनेत्रीले अभिनेतालाई अनुरोध गरेकी छिन् । यस अघि पनि केही भिडियोमा सँगै अभिनय गरिसकेका दीक्पाल र सरिताको यो भिडियोमा केमेस्ट्री सुहाएको छ ।

    यस अघि पूर्वेली, काठे, पश्चिमेली, देउडा, पर्व जस्ता विभिन्न लोकशैलीको गीत श्रोतामाझ ल्याईसकेकी सरिताले यसपटक सेलो शैलीको गीत ल्याएकी हुन्। हिमाली क्षेत्रको लोक धुनलाई फ्युजन गरेर यो सेलो लोकपप गीत तयार पारिएको उनले बताएकी छिन् । नेपालमा विभिन्न जाती जनजातिहरुका आ आफ्नै प्रकारका लोक भाकाहरु रहेकाले ती भाकालाई आफुले क्रमस एक पछि अर्को गर्दै नयाँ रुपमा ल्याउँदै गरेको सरिताले बताईन् । यो गीतको भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ । उनले यस अघि डेढ दर्जन गीतहरु आफ्नो स्वरमा ल्याईसकेकी थिईन् ।

    भिडियोलाई विलक्षण क्रियसन प्रा.लि.ले निर्माण गरेको हो । आफ्नो गीत र भिडियोले यतिबेला राम्रो प्रतिक्रिया पाएको सरिताले बताएकी छिन् ।

    यो गीतको म्युजिक भिडियोको निर्देशन उमेश गुरुङले गरेका हुन् । गीत अनुसारले भिडियोलाई तयार गरिएको छ । जसमा कृष्णबहादुर थापाको छायाँकन, निर्देशक उमेशकै सम्पादन, सुरेश राउतको कलर करेक्सन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु