सरिताको ‘मेरो जवानी’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०७६, बिहीबार

सञ्चारर्मी, मोडल एवम् गायिका सरिता भारतीको स्वरमा रहेको गीत ‘मेरो जवानी’को भिडियो सार्वजनिक भएको छ । लोक पप शैलीको यो गीत ‘डान्सिङ आईटम नम्बर’ बनेको उक्त गीतमा डब्बु क्षत्रीको शब्द रहेको सोही गीतमा जुगल डंगोलको सङ्गीत रहेको छ । युवतीहरुलाई पैसा किन्न पाइँदैन, उनीहरुलाई मायाँ गरेर आफ्नो बनाउनु पर्छ भन्ने सन्देश यो गीतले दिन खोजेका गायिका सरिताले बताईन् । ‘मेरो जवानी’ बोलको गीतको भिडियोलाई डब्बु क्षेत्रीकै रहेको छ भने सोही गीतमा अहिले चर्चामा रहेकी बेली डान्सकी कलाकार बिनु शाक्यको नृत्य रहेको छ । बिनुसँगै मोडल अनिषा न्यौपाने, एलिना ठकुरी, अभिनेता मोडल रमेशचन्द सोडारी, र गायिका सरिता आफैं पनि मोडलको रुपमा छिन् ।

बलिउडमा लामो समय काम गरेर नेपाल आएका कोरियोग्राफर माईकल चन्दले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । रामशरण उप्रेतीको छायाँकन र प्रदीप कँडेलको सम्पादनमा यो भिडियो जसमा गायिका भारती र बिना राना मगरको श्रृङ्गार रहेको छ । आधादशक देखि विभिन्न स्टेज कार्यक्रममा अरुको गीत गाउँदै आएकी सरिताको यो पहिलो रेकर्डिङ गीत हो । उनी केही समय यताबाट सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा गायन सिकिरहेकी छिन् । उक्त गीतलाई ब्युटी न्युज नेपालको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु