‘सजाएर टीका थाली’ देउसी–भैलो गीत सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २३ कार्तिक २०८३, आईतवार १३:५३

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सजाएर टीका थाली’ सार्वजनिक भएको छ। तिहारको मौलिक परम्परा, दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र सांस्कृतिक उल्लासलाई समेटेर गीत तयार गरिएको हो।

सरिता घिमिरेको शब्द र शक्ति बल्लभको संगीत रहेको गीतमा गायिका बनिका प्रधानले स्वर दिएकी छन्। गीतको एरेन्ज मनोहर सुनामले गरेका हुन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भोला पौडेलले गरेका छन्। गीत साउन्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियोमा अभिनेत्री रजनी केसी र कमल सिंहको अभिनय देख्न सकिन्छ। यमुना पाण्डेले मेकअप तथा हेयरको जिम्मेवारी सम्हालेको भिडियोको छायांकन रेशम दर्लामीले गरेका हुन्। भिडियोको सम्पादन तथा कलर संयोजन विश्वराम खड्काले गरेका छन्।

रामहरि घिमिरेको प्रस्तुति रहेको गीतको कथा तथा निर्देशन जीवन शाहीले गरेका हुन्।

तिहारमा देउसी–भैलो खेल्ने नेपाली मौलिक परम्परा र सांस्कृतिक महत्वलाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको यस सिर्जनाले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। यस गीतलाई OSR Digital को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट

Warning: Use of undefined constant post_date - assumed 'post_date' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 25

Warning: Use of undefined constant desc - assumed 'desc' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 26