आफ्नै जीवनसँग सम्बन्धित गीत सरिताको ‘रुँदिनँ भन्छु’

म्यूजिक खबर
प्रकाशित: ३ बैशाख २०७९, शनिबार

काठमाडौं । गायिका सरिता महर्जनले आफ्नै जीवनसँग मेल खाने गीत ‘रुँदिनँ भन्छु’ को भिडियोसहित सार्वजनिक गरेकी छन् । आफ्ना श्रीमानले साथ छोडेर गएको ६ महिनाको पुण्यकर्मसँगै उनले श्रीमानको अभावमा बिताएका दिनहरुलाई समेटेर विगत र वर्तमान प्रष्ट हुने गरी गीत सार्वजनिक गरेकी हुन् । उनकै कथामा सिर्जना गरिएको गीतका शब्द एचबी सुनारले लेखेका हुन् भने संगीत मन्जु उपासनाको रहेको छ । गीतको संगीत संयोजन राजु कार्कीको रहेको छ भने मिक्सिङ प्रकाश मिश्रको रहेको छ ।
गायिका सरिता महर्जनका श्रीमा नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हुन् । उनको विगत ६ महिनाअघि देहवसान भएको थियो । आफ्नो श्रीमानको विछोडपछि मन भुलाउने कोसिस गर्दै जाँदा संगीतमा लागेकी हुन् । हुन त गायिका महर्जनले नेपाल भाषाका धेरै गीतमा आवाज दिइसकेकी छन् तर नेपाली भाषामा भने पहिलो गीत सार्वजनिक गरेकी हुन् ।
गीत सार्वजनिक गर्दै उनले अब शोकलाई शक्ति बदल्ने प्रयासमा यो गीत निर्माण गरेको बताएकी थिइन् । उनको संगीत गुरुसमेत रहेकी मन्जु उपासनाले संगीत भरेको यो गीतको म्यूजिक भिडियोमा गायिका महर्जन आफैं फिचरिङ भएकी छन् । भिडियोलाई एचबी सुनारले नै निर्देशन गरेका छन् भने दिनेश मुस्कानको छायाँकन तथा सम्पादन रहेको छ ।
https://www.youtube.com/watch?v=dfHI1YgPh8o

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु