सरोजको ‘दुई दिने जीवन’ मा दिपक र पुजा

म्यूजिक खबर
प्रकाशित: २१ बैशाख २०७८, मंगलवार
दिपक घिमिरे र पुजा ठाकुर

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै सुन्न सकिन्छ।

यस्तै गीतको र्यापमा भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेर को शब्द रहेको छ। गीतलाई एरेन्ज भने बिसाल गुरुङले गरेका हुन्।

म्युजिक भिडियोमा दिपक घिमिरे र पुजा ठाकुर देखिएका छन्। नितिन चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा सरोज अधिकारीको कथा ,सब्बु तामांगको मेकअप ,योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन र निर्दशक चन्दकै सम्पादन समाबेस रहेको छ। गीतले युवापुस्तालाई कुलतमा लाग्नु हुदैन भन्ने सन्देश दिन खोजेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु