सफलताको स्वाद चाख्दै गरेका सरोजको ‘पीडा’

म्यूजिक खबर
प्रकाशित: १० बैशाख २०७९, शनिबार

काठमाडौं । सरोज कोइराला स्थापित सञ्चारकर्मीका रुपमा आम दर्शक र श्रोतामाझ परिचित छन् । सञ्चारकर्मबाट सांगीतिक धरातलमा छिरेका सरोजले यतिबेला सांगीतिक क्षेत्रमा पनि सफलताको स्वाद चाखिरहेका छन् । दुइ दर्जन बढी गीत गाइसकेका छन् । उनले गाएका तथा संगीत भरेका गीतहरुले सोचेजस्तो भ्युज मिट नगरेतापनि उनको कामको प्रशंसा भने हरेक कोणबाट हुने गरेको छ ।

पछिल्लो समय उत्कृष्ट गायकको रुपमा उनले प्राप्त गरेका विभिन्न अवार्ड र सम्मानले पनि उनी प्रशंसनिय गायक हुन् भन्ने प्रमाणीत गरेको छ । त्यस्तै जब उनका गीतहरु सार्वजनिक हुन्छन् कमेन्टमा पनि उनको स्वरको मनग्गे प्रसंसा गरिएको पाइन्छ ।

स्थापित सञ्चारकर्मी रहेका सरोज पछिल्लो समय संचारकर्म र गीत संगीतलाई सँगसँग अगाडि बढाइरहेका छन् । संगीतमा सक्रिय रहेका उनी हाल उनी प्राइम टाइम्स एचडी र नेपाली रेडियो नेटकवर्कमा कार्यरत छन् ।

सरोजले यसै वर्ष सर्वोत्कृष्ट गायकको युगल गायनका लागि गायिका मेलिना राईसँगै बिन्ध्यबासिनी म्युजिक अवार्ड उचाल्न सफल भए । त्यस्तै नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७८ मा उत्कृष्ट गायक घोषित भए । यसैगरि सर्वोत्कृष्ट गायन तथा संगीतका लागि सगरमाथा म्युजिक अवार्ड, नीम अवार्ड लगायतका अवार्डहरु प्राप्त गरेका थिए ।

यतिबेला उनै सरोजको मधुर स्वर र मीठो संगीतले सज्जीत ‘पीडा’ बोलको गीत सार्वजनिक भएको छ । सिताराम कोइरालाले लेखेको गीतको भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । राजेन्द्र बजगाईले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । श्रीदेव र जेबिकाको यो पहिलो सहकार्य भए पनि जोडी जमेको देखिन्छ ।

भिडियोको निर्देशन ऋषि बराल ‘श्रीजन’ ले गरेका हुन् । श्रीमान श्रीमतिको सम्बन्ध, माया प्रेम, छुट्टिनु पर्दाको पीडा र जीवनसाथी विना जीवनको उत्तराद्र्धमा भोग्नुपर्ने दुःखलाई ग्रामीण परिवेशको कथामा श्रीजनले राम्रोसँग उनेका छन् । सन्तोष तिमिल्सिनाले म्युजिक भिडियोको छायाङ्कन गरेका हुन् ।

सहायक निर्देशन सागर श्रेष्ठले गरेका हुन भने कलाकारको मेकअप कविन खड्काले गरेका हुन् । गीतको प्रोडक्सनको जिम्मेवारी नविन विष्टले पूरा गरेका हुन् ।

‘पीडा’ गीतका विषयमा सरोजले भने ‘आफू संगीतकर्मी माझ गायकको रुपमा पनि चिनिएको छु । हौसला र प्रंशसा पाएको छु । पब्लिकले अझै मलाई सञ्चारकर्मीको रुपमा मात्रै चिनेको महशुष गरेको छु । यो गीतले आगामी दिनमा सञ्चारकर्मी मात्रै नभएर मलाई गायक सरोज कोइराला भनेर चिनाउनेछ भन्ने विश्वास गरेको छु ।’
उनको आश र विश्वासले सार्थकता पाओस् हाम्रो तर्फबाट शुभकामना ।

 

नवौं म्यूजिक खबर म्यूजिक अवार्डमा सुगम संगीत तर्फबाट उत्कृष्ट गायक विधाको अवार्ड उचाल्दै गायक सरोज कोइराला

बिन्धबासिनी म्यूजिक अवार्डमा सुगम संगीत तर्फबाट युगल गायनबाट ग्रहण गर्दै गायक सरोज कोइराला

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु