सत्याकृतको ‘हजार जुनी’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७६, आईतवार

काठमाडौं । समाजमा सद्भाव र सकारात्मक उर्जा सञ्चार गर्ने अभिप्रायले यथार्थ र सत्यता बोकेका गीतहरु सार्वजनिक गर्दै आएको सत्याकृत ब्याण्डले दशैंको मुखमा ‘हजार जुनी’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेको छ । प्रकृती, प्रेम, ईश्वर, सत्य र देश भक्तिपूर्ण संगीत दर्शकहरुमाझ पस्कदै आईरहेको ब्याण्डले ‘हजार जुनी’ बोलको गीत सार्वजनिक गरेको हो । उक्त गीतमा विदुर न्यौपानेको शब्द संगीतमा रहेको छ , भने सोही गीतमा सुर साधुको स्वर रहेको छ ।

यो गीत मुम्बईमा रेकर्डिङ्ग भएको हो । नेपाल र मलेसियामा छायांकन गरिएको उक्त गीतको भिडियोमा निर्देशन, छायांकन, तथा सम्पादन विजय गौतमले गरेका छन् । उक्त गीतमा मिक्सिङ तथा मास्टरिङ बलिउडका चर्चित साउण्ड ईन्जिनियर आमिर शैखले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु