चलचित्र ‘सत्यम् शिवम् सुन्दरम्’को पहिलो गीत ‘मलाई विर्सी’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७६, शुक्रबार
काठमाडौं । चलचित्र ‘सत्यम् शिवम् सुन्दरम्’को पहिलो गीत सार्वजनिक भएको छ । आगामी हरितालिका तिज देखी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत आज सार्वजनिक भएको हो ।  गीतमा नित्याशिवाले स्वर दिएकी छन। गितको शब्द रचना शंकर अधिकारी घायलले गरेका हुन भने संगित पनि अधिकारीले नै गरेका छन ।
मधेसी मुल र पहाडि मुलको एक अनौठो प्रेमकथालाई आधार बनाएर निमार्ण गरिएको छ । चलचित्रको मूख्य भूमिकामा चलचित्रमा राजन महर्जन, बिमला गिरी, धनराज सुब्बा, अन्जना श्रेष्ठ ,सुदिप यादव ,कृष्ण कुमार घलान, गितान्जली सुवेदी,आर जे भिलेन,ज्ञानेन्द्र चेम्जोङ को अभिनय मा दुई नव नायिका रिचा भण्डारी र कृतिका छेत्री अभिनय रहेको छ । रहेको छ ।
विजी फिल्मस्र प्राली को प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्र प्रसादमा कला राईको प्रस्तुती रहेको छ ।  देव महर्जन को द्वन्द ,राजन महर्जन र सुरेस पान्डेको नृत्य नरेश ऐर को छायांकन ,बिपिन कटुवाल को शृङार तथा चलचित्रलाई शंकर अधिकारी घायलले निर्देशन गरेका छन  ।
हेर्नुहोस भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु