चर्चित गायक एवं संगीतकार सौगात सायर प्रहरीको नियन्त्रणमा ! कारण यस्तो छ –

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७५, मंगलवार

भाद्र ५, बुटवल । ‘तिमी फुल्यौ कतै’,’नजलाऊ ब्यर्थै छाती’, ‘तिर्खा मेट्यो मूलको पानीले’ लगायत चर्चित गीतहरुका मार्फत नेपाली सांगीतिक धरातलमा राम्रो पहिचान बनाएका गायक एवं संगीतकार सौगात सायर (सुनार) पक्राउ परेका छन् । साइबर क्राइम गरेको अभियोगमा उजुरी परेपछि उनलाई बुटवलबाट पक्राउ गरेर अपराध महाशाखा टेकु काठमाडौंमा बुझाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

एक युवतीले गरेको उजुरीका आधारमा अपराध महाशाखाले पक्राउ गरी उपस्थित गराउन इलाका प्रहरी कार्यालय बुटवललाई आदेश दिएकाले पक्राउ गरेर बुझाइएको स्रोतले बताएको छ ।

राष्ट्रिय जनमोर्चाको रक्तिम सांस्कृतिक अभियानबाट सांगीतिक यात्रा शुरु गरेका सौगात पछिल्लो समय पार्टीमा भन्दा आधुनिक र प्रेम सम्बन्धका गीत गाएर चर्चामा थिए ।

यसअघि पनि युवतीका विषयमा गायक सौगात विवादमा मुछिने गरेको स्रोतको आरोप छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु