स्कुल डान्स च्याम्पियनशिपको अडिसन सुरु

म्यूजिक खबर
प्रकाशित: २० जेष्ठ २०७६, सोमबार

काठमाण्डौं । जेष्ठ १८ गते बाट तेजस्वी कला केन्द्र एण्ड मिडियाद्वारा आयोजित स्कुल डान्स च्याम्पियनशिपको २०७६ सिजन २, को अडिसन सुरु भएको छ । कार्यक्रममा चर्चित मोडेल तथा डान्सर मुस्कान सिंह ठकुरी, कोरियोग्राफर निराजन श्रेष्ठ, गायक सुमन कुमार श्रेष्ठ लगयतका चर्चित हस्तीहरुले मुख्य निर्णयकको भूमिका निर्वाह गर्नु हुने भएको छ । केही महिना अगाडि सुरु गर्ने भनिएता पनि आन्तरिक कारणले यो कार्यक्रम ढिला सुरु भएको आयोजक पक्षले जनाएको छ ।

बिशेषगरी काठमाण्डौको दक्षिणी भेगको बिधालयको विधार्थी भाईबहिनीहरुको चौतर्फी बिकासलाई लक्षित यो कार्यक्रममा डान्स लगायतका विबिध पक्षको ट्रेनिङ दिईने कुरा आयोजकले बताएका छन ।
कार्यक्रमलाई कलेज अफ सेन्ट्रल स्टेट, सोल्टी मोड, बाबा एडुकेशनल कन्सल्टेन्सी, किर्तिपुर नगरपालिका, गोलाइफ टिभी, एन्जीओ तथा बिभिन्न बिधालयको सहयोगमा रहने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु