स्कुल डान्स च्याम्पियनसिपको २०७६ सिजन २ सम्पन्न

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७६, सोमबार

किर्तिपुरमा एक भव्य समारोहमा तेजस्वी कला केन्द्र एण्ड मिडियाले स्कुल डान्स च्याम्पियनसिप २०७६ सिजन २ सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का थिए भने बिशिष्ट अतिथिका रुपमा काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट, सोल्टिमोडका क्याम्पस प्रमुख रमेश घिमिरे तथा नायक, निर्देशक बिशाल बिष्ट रहेका थिए । सो अवसरमा साङ्गीतिक तथा नृत्य क्षेत्रका वरिष्ठ कलाकारहरुलाई विशिष्ट सम्मान समेत गरिएको थियो । कार्यक्रममा वरिष्ठ गायकहरु सचिन रौनियार, कबिन्द्र श्रेष्ठ, रबीकुमार रिमाल, सञ्जय श्रेष्ठ, गायिका बुनु राई मानन्धर, बिरेन्द्र श्रेष्ठ, उदेश श्रेष्ठ, वरिष्ट नृत्य निर्देशक महेश्वर महर्जन, जादुगर तथा हाँस्य कलाकार महादेव त्रिपाठी, नेपालकै पहिलो वान लेग डान्सर तथा कलाकार रोमा न्यौपाने, बरिष्ठ रङगकर्मी ठण्डबहादुर अधिकारी लगायतका कलाकारहरुलाई विशिष्ट सम्मानद्वारा सम्मानित गरिएको थियो । त्यस्तै मिसेस टप अफ दि वल्र्ड एलिना शाक्य तुलाधर, मिसेस टुरिजम छिरिङ डोल्मा शेर्पालाई विश्वभरी नेपालको नाम राख्न सफल भएकोमा सम्मानित गरिएको थियो । त्यस्तै डान्स कम्पिटिसनको ग्राण्ड फिनाले अन्तर्गत प्रमुख निर्णायकका रुपमा कोरियोग्राफर तथा नृत्य निर्देशक निरञ्जन श्रेष्ठ थिए भने अतिथी निर्णायकका रुपमा वरिष्ठ नृत्य निर्देशक महेश्वर महर्जन, नेपालकै पहिलो वान लग डान्सर तथा कलाकार रोमा न्यौपाने, गायिका बुनु राई मानन्धर, मिसेस टप अफ दि वल्र्ड एलिना शाक्य तुलाधर, मिसेस टुरिजम छिरिङ डोल्मा शर्पा रहेका थिए । कार्यक्रमलाई टप १८ पछि १२ गर्दै क्रमश साउथ भ्याली स्कुलका आशिस अधिकारी, साउथ भ्याली स्कुलकै रिजा खड्गी तथा मंगल मा,बि, की प्रिया राई विनर, फस्र्ट रनर अप, सेकेन्ड रनर अप भएका थिए भने अरु विभिन्न १५ बिधामा भाईबहिनीको उचित मल्याङ्कन गरी अवार्ड तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । त्यस्तै वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, नवनायिका सुमित्रा ढकाल ‘सुमन’ तथा अन्य सहयोगी सस्था तथा बिशिष्ट ब्यक्तित्व तथा पत्रकारहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमलाई काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट सोल्टीमोड, काठमाडौं इन्फोसिस एडुकेशनल कन्सल्टेन्सी पुतलिसडक, बाबा एडुकेशनल कन्सल्टेन्सी न्युरोड, किर्तिपुर नगरपालिका, किपु बस सेवा किर्तिपुर, औद्योगिक शान्ती नेपाल संस्था, शुभम डेरी किर्तिपुरले प्रायोजन गरेका थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु