• तिजमा ‘ह्यन्ड्सम पोइ’ खोज्दै गायिका सेलिना

    म्यूजिक खबर
    प्रकाशित: २३ श्रावण २०७७, शुक्रबार

    काठमाडौं । हिन्दू नारीहरुले मनाउने महत्वपूर्ण पर्व तीज आउनै लागेको छ । तीज नजिकिएसँगै कलाकारहरुमा व्यस्तता बढ्दै गएको छ । तीजको गीत रेकर्डिङ्ग, सुटिङ्ग, मिक्सिङ्ग सकेर भिडियो सार्वजनिक गर्न हतारो भएको छ । पछिल्लो समयकी चर्चित गायिका सेलिना कुँवरलाई समेत यतिबेला तीजको रन्कोले राम्रैसँग छोएको छ । उनको ‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम पोइ’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । बेस म्युजिक नेपाल युटुब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।


    चर्चित नायिका अञ्जली अधिकारीले मोडलिङ्ग गरेको उक्त भिडियोको हरेक पक्ष उत्कृष्ट रहेको तथा गायन र शब्द रचना समेत उत्कृष्ट रहेको निर्माण पक्षको दावी छ । उक्त गीतको शब्द रचना अर्जुन पौडेल तथा सङ्गीत सन्तोष राजको रहेको छ । भिडियोमा निर्देशन सन्तोष राजबाहकको रहेको छ भने ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु