• Music Khabar Music Awards
  • प्रदर्शनको मिति तय गर्दै आयो ‘सेन्टी भाइरस’को पोस्टर

    म्यूजिक खवर
    प्रकाशित: १९ कार्तिक २०७६, मंगलवार

    काठमाडौं । आगामी फागुन ९ गतेबाट सार्वजनिक प्रदर्शन गर्ने मिति तय गर्दै लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली)को मुख्य भूमिका रहेको फिल्म ‘सेन्टी भाइरस’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।

    पोस्टरमा धुर्मुस एक्लै देखिएका छन्, उनलाई भादगाउँले टोपीमा देख्न सकिन्छ । यो बीचमा पोस्टर रिलिजसँगै निर्माण टिमले प्रदर्शन मिति समेत तय गरेको छ । पोस्टरमा रिलिज मिति आगामी फागुन ९ लाई तोकिएको छ । फिल्म राम बाबु गुरुङको निर्देशनमा तयार भएको हो ।

    सामाजिक कथावस्तुमा आधारित रहेर निर्माण भएको फिल्ममा सिताराम कट्टेलसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट र दीपक आचार्य लगायतको अभिनय रहेको छ ।

    कुमार कट्टेल र दीपक आचार्यको लेखन, शैलेन्द्र डि. कार्कीको छायाकन रहेको फिल्मका निर्माता डिन्डु लामा हुन् । फिल्म सुबिहानी फिल्म्स प्रालीको ब्यानरमा निर्माण भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु