‘सातौं म्यूजिक खवर म्यूजिक अवार्ड’को उत्कृष्ट ५ सार्वजनिक ! नामावली सहित !

म्यूजिक खबर
प्रकाशित: २८ श्रावण २०७५, सोमबार

काठमाडौं । नेपाल पत्रकार महासँघ मोरङको हलमा सातौं म्यूजिक खवर म्यूजिक अवार्डको पत्रकार सम्मेलन गरि उत्कृष्ट पाँचको मनोनयन सार्बजनिक गरिएको छ ।

विराटनगरमा आगामी असोज १३ गते सम्पन्न हुने उक्त अवार्डको मनोनयन कार्यक्रम विराटनगरमा हामी युवा संस्थाले व्यवस्थापन गरेको हो । सह आयोजकको भूमिकामा रहेको हामी युवा संस्थाले विराटनगरमा अवार्ड सम्पन्न गर्ने संस्थाकी उपाध्यक्ष जीना जंग कार्कीले बताइन् । उनले विराटनगर जस्तो इतिहास बोकेको नगरीमा पहिलो पटक अवार्ड हुन लागेकोमा खुसी व्यक्त गर्दै उनले सातौं म्यूजिक खबर म्यूजिक अवार्ड भन्य रुपमा सम्पन्न गर्ने बताइन् ।

कार्यक्रममा अवार्डका निर्देशक शान्तिप्रियले अवार्डको इतिहाँस्को बारेमा प्रष्ट पारेका थिए । सदस्यसचिव सन्तोष श्रेष्ठ, सल्लाहकार सुमन दाहाल, पत्रकार महासंघ मोरङका अध्यक्ष लगायतलृ अवार्डका बारेमा बोलेका थिए ।

त्यस्तै अवार्डका अध्यक्ष सुमन बैरागीले अवार्डको बारेमा प्रष्ट पार्दै सह आयोजक हामी युवालाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताएका थिए । कार्यक्रममा हामी युवाकी अनुमया बास्तोलाले संचालन गरेकी थिइन् ।

प्रेस विज्ञप्ति

नेपाली गीतसंगीतको इतिहासमा म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको म्यूजिक खबर म्यूजिक अवार्डको सातौं संस्करणसम्म आइपुग्दा एउटा उचाइ कायम गरेको अवगत गराउन चाहन्छौं । विगत ६ वर्षसम्म राजधानीमा रहेर आयोजना गरिएको यस अवार्डले यस वर्षबाट आन्तरिक रुपमा सांस्कृतिक पर्यटनलाई प्रबद्र्धन गर्दै गीतसंगीतको क्षेत्रलाई एकआपसमा आदानप्रदान गर्नका लागि विराटनगरलाई रोजेको छ । प्रदेश नं १ बाट सुरु भएको यो यात्राले प्रदेश नं ७ सम्म अवार्डको आयोजना गरी आगामी वर्षहरुमा पनि आन्तरिक रुपमा सांस्कृतिक पर्यटनलाई प्रबद्र्धन गर्ने लक्ष्य लिएको छ । सुदूर पूर्वको लोक संस्कृति र सूदूरपश्चिमको लोक संस्कृति वा मुलुकका अन्य भूभागको कलासंस्कृतिलाई एकै ठाउँमा राखेर यो अवार्ड आयोजना गरिएको हो । राष्ट्रियस्तरमा आयोजना गरिँदै आइएको यस अवार्डले यस क्षेत्रमा पक्कै पनि विवादरहित र निष्पक्ष रुपमा अवार्ड सम्पन्न गर्दै यहाँको मौलिक कलासंस्कृतिसँग हातेमालो गर्नेछ भन्ने विश्वास लिएका छौं । विराटनगर एउटा इतिहास बोकेको नगरी हो, प्रदेश नं १ को राजधानीका रुपमा यस क्षेत्रबाट सातौं म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न गर्न पाउनु आफैंमा महत्वपूर्ण अर्थ राख्दछ भन्ने जानकारी गराउन चाहन्छौं । अवार्डमा प्रदेश नं १ लाई विशेष प्राथमिकतामा राखिनेछ भने लाइफटाइम अचिभमेन्ट, दशकका अवार्ड, बाल प्रतिभा प्रोत्साहन सम्मान, संगीत पत्रकारिता सम्मान लगायतका विभिन्न सम्मानहरु पनि अवार्डमा समावेश गरिनेछ । साथै विराटनगरमा हुन गइरहेको यस अवार्डमा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुतिसमेत रहनेछ ।  स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीतसंगीतको आधार भन्ने मूल नाराका साथ आगामी असोज १३ गते विराटनगरमा अवार्ड सम्पन्न हुनेछ । विराटनगरमा रहेको हामी यूवा संस्थाले सहआयोजकको रुपमा रही अवार्डलाई सम्पन्न गर्न लागेको जानकारी गराउँदछौं ।
मनोनयन यस प्रकार रहेको छ ।

१. सर्वोत्कृष्ट राष्ट्रियभावको गीत

एकै घरका सन्तान हामी- एसपी सापकोटा

म भन्दा नि माथि- सुदन डोटेल

माया छ मलाई मेरो देशको- नवराज जंग थापा

मेरो देश सुन्दर छ -चुडामणि देवकोटा

हामी नेपाली- डीपी खनाल

 

२. सर्वोत्कृष्ट पप गायिका

अर्पणा श्रेष्ठ- अघि बढौं न

एन्जिला रेग्मी -दिलको भित्तामा

सुशिला पाठक -सानीलाई

मन्जु पौडेल -दामी छ रेन्त

सरिता शाही- मलाई फूल भन्नु

 

३. सर्वोत्कृष्ट पप गायक

कन्हैया सिंह- वा रे वा

गम्भीर केसी- नजाउ न भनी

राजेश बर्देवा -आहा साइली

शंकर थापा स्माइल – माया लगाई

उदयराज पौडेल  -चिटिक्क

 

४. सर्वोत्कृष्ट पप संगीतकार

आर.बी. लामा -मज्जा बेग्लै

गैरे सुरेश -मलाई फूल भन्नु

नवीन रावल- दिलको भित्तामा

रमेशराज भट्टराई -बहुला बनाउँछु

शंकर थापा स्माइल -माया मलाई

 

५. सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा

डीबी दाहाल -सम्झी रुने दिन

चन्दा खड्का -मायााकै पिरले

ध्रुव विसी -भेट हुँदा ठिक्क

अमृता श्रीपाल -गैरी गाउँको मेला

प्रतिमा अर्याल -एउटा कुरा

 

६ .सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी

दिपाशा बिसी -चर्चित

रिना थापा मगर -गाउँमा हल्ला चल्यो

आशा खड्का -फर्की आउँदिनँ

रश्मी तामाङ -लाहुरे बाको छोरीले

सञ्चिता शाही -अन्धोपन

 

७. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी पुरुष

काजीस श्रेष्ठ -रातो अबिर

विवश ठकुरी -कलेजी फाटेर

बुद्धबीर थापा -दुःखीले पनि

सुमन खतिवडा -खरानी

सुमन परियार -रानी हजुर

 

८.सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी

उमेश गुरुङ -पिरतीको हे साइली

प्रकाश भट्ट- तामे करुवा

शंकर बिसी -गाउँमा हल्ला चल्यो

प्रियजन राई -बार लाउ है मायाले

याम गुरुङ -दुई कुराले

 

९.सर्वोत्कृष्ट लोकगीत

झिल्के भेना -दुर्गा गुरुङ

मेरो माया छ भने राधा -शर्मिला गुरुङ

फणिन्द्र ठकुरी पा¥यो तिरिमिरी

सुनको औंठी -गणेश गुरुङ

आमा -विरही कार्की

 

१०. सर्वोत्कृष्ट लोकदोहोरी शब्द

नरेश खाती -रुँदै रुँदै

विरही कार्की -लाहुरे बाको छोरीले

दर्शन ठकुरी -कलेजी फाटेर

शिव हमाल -लठ्ठै पा¥यो मायाले

विनोद बाबु केसी -के गरम म अब

 

११.सर्वोत्कृष्ट लोकदोहोरी भाका

राजन ठकुरी -कलेजी फाटेर

बलबहादुर गुरुङ -विछोड

शिव हमाल -म तिम्रै हुँ क्यार

कृष्ण रेउले -गाउँमा हल्ला चल्यो

कस्तुप पन्त -पिरती मिसाउनी

 

१२. सर्वोत्कृष्ट गायक लोकदोहोरी

बैकुण्ठ महत -दुई कुराले ठग्यो

दीपसागर थापा -धादिङ नौबिसे

प्रकाश सपुत -चरर बरर

मेक्सम खाती -रुँदै रुँदै शहर

रञ्जित परियार -गैरी गाउँको मेला

 

१३. सर्वोत्कृष्ट गायिका लोकदोहोरी

देवी घर्ती -हिजोको घाउ

सुनिता दुलाल -मायालुको साथै रमाइलो

प्रिति आले -गाउँमा हल्ला चल्यो

गीता देवी -संसार छोडी जाम

पूर्णकला बिसी -रुँदै रुँदै तिम्रो शहर

 

१४.सर्वोत्कृष्ट चलचित्र गीतकार

प्रदीप भारद्वज -घिनघिन मादल (पञ्चेबाजा)

शिवम अधिकारी -छोरीको जन्म (पञ्चायत)

हरि उप्रेती -दुई चुल्ठी (मुर्चङ्गा)

लेखु सहयात्री -तिमीसँग (तिमीसँग)

लोकराज अधिकारी रुपै मोहनी (सत्रुगते)

 

१५.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका

सुमिना लो -चिपक चिपक (राज्जारानी)

मेलिना राई -दुई चुल्ठी (मुर्चुङ्गा)

अन्जु पन्त -घिनघिन मादल (पञ्चेबाजा)

सरु गौतम -छोरीको जन्म (पञ्चायत)

सेलिना कुवँर – दिलरानी (नेप्टे)

 

१६. सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक

नरहरी प्रेमी -चिपक चिपक (राज्जारानी)

डेविट शंकर -घिन घिन मादल (पञ्चेबाजा)

चिरञ्जीवी भण्डारी -झ्यानापुटुङ – दिपज्योति

राजेशपायल राई -दुई चुल्ठी (मुर्चुङ्गा)

रञ्जित कुमार सहानी -मेरो मनको (धनवान)

 

१७.सर्वोत्कृष्ट चलचित्र संगीतकार

अर्जुन पोखरेल -तिमी रोएको पल (ऐश्वर्या)

विकास चौधरी -घिन घिन मादल (पञ्चेबाजा)

दीपक शर्मा -पर्ख पर्ख मायालु (मंगलम्)

टंक बुढाथोकी -छोरीको जन्म (पञ्चायत)

राजनराज शिवाकोटी -चरि चट्ट परी भुरुरु (कान्छी)

 

१८. सर्वोत्कृष्ट गजल

विपिन मर्म -मायाले रेटीएँ

विपिन किरण -दुख्दिनँ म

शुष्मा देवकोटा -खोजिरहेछु

डा.कृष्णहरि बराल -मसँग माया

डब्बु क्षत्री -दोषी त नजर

 

१९.सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत

कृष्ण भट्टराई -तिमीलाई नदेख्दा

रुद्र शेखर -शर्मा दुख्दिनँ म

राजमान तामाङ -पूर्वमा धरान

सन्तोष कालिकोटे -छटपटी

गोपाल ज्ञवाली -अलिअलि

 

२०. सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत

उषा मलाहा -पिरतीमा झुमु झुमु

छनु गुरुङ -झल्को लाग्ने

सारिका घिमिरे -के देखेर माया लायौ

मेनुका पौडेल -कुर्दा कुर्दै

इन्दिरा रजक -बिझाउँदो रैछ

 

२१. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक सुगम संगीत

निशान घिमिरे -जुन जस्तो

सुजन शाही -कोइलीको जस्तो

विकास धमला -तिमीलाई छुदै

दिनसन शाह -नजाउ न भनी

वीरेन्द्र भाट विपिन -माया लाउने

 

२२. सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत

उत्सव दाहाल -यो जुनीमा

अजय रेग्मी -कोइलीको जस्तो

नवराज उप्रेती -तिमी खुशी

राजेश घिमिरे -नचाहेरै तिमीसँग

बुद्ध थापा -बर्सिनु बस्र्यो

 

२३.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत

मरिष्का पोखरेल -जुन जस्तो

क्रिस्टिना -म त माया

जुना सुन्दास -मुटु बिक्दो रैछ

आश्मा घिमिरे -तिमीलाई छुँदै

अनामिका चौलागाई -उनको मेरो

 

२४.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत

आकाश श्रेष्ठ -जुन जस्तो

श्रीदेव भट्टराई -कोइलीको जस्तो

देवेन्द्र क्षत्री -नचाहेरै तिमीसँग

जीवन खड्का -छोडी जाने बैगुनी

नारायण ढकाल -म त माया

 

२५.सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत

अर्जुन अधिकारी -जुनजस्तो

प्रकाश धिताल -यो जुनीमा

दिपेन्द्र तिमिल्सिना -तिमी खुशी

सञ्जय बराल -बर्सिनु बस्र्यो

राजीव बलामी -दर्दभित्र

 

२६.सर्वोत्कृष्ट ध्वनि सम्पादक सुगम संगीत

कुमार राना -तिमी देखि

किशोर थापा -कहिले माया यता

भोला पौडेल -आमा मलाई

प्रकाश मिश्र -छैनन् शब्द

शम्भू तण्डुकार- भनौं भने मेरा

 

२७. सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत

कृष्ण पुन -पूर्णिमाको रात

निरज श्रेष्ठ -निष्ठुरीले खुशी

मनोहर सुनाम -माछापुच्छ«े रोयो

शाहस शाक्य -छैनन् शब्द

किरण कँडेल- भनौं भने

 

२८. युगल गायन सुगम संगीत

सुमन केसी/मेलिना राई -दिलमा सजाउँला

एसराज कुमार/मेलिना राई -बाडुली

अन्जु पन्त/टंक बुढाथोकी -अल्लारे जोवन

ध्रुव विस्को/सरु गौतम -काग दाजै

अन्जु श्रेष्ठ/राजसागर -ढाकाटोपी

 

२९.सर्वोत्कृष्ट गीतकार सुगम संगीत

अमर वान्तु -फूल जस्तै

किरण केसी क्रोधी -कुनै दिन

मणिराज शर्मा -बर्सिनु बस्र्यो

युनिशा हमाल -आँखाभरि

नूतन भुसाल -कैदी बनाउ

 

३०. सर्वोत्कृष्ट गायिका सुगम संगीत

श्रेयसी चेमजोङ -नचाहेरै तिमीसँग

सहिमा श्रेष्ठ -कुनै दिन

अन्जु पन्त -भूल भए माफ

प्राश्ना शाक्य -कैदी बनाउ

जुनु रिजाल -कहिले माया

 

३१. सर्वोत्कृष्ट गायक सुगम संगीत

अर्जुन सुनाम -ठूलो सानो

सुमित खड्का -तिम्रो प्रेमको माला

शिव परियार -बर्षौ भो

सञ्जीवकुमार पौडेल -छैनन् शब्द

प्रेम प्रकाश ओली -पलपल मुटु जलाई

 

३२. सर्वोत्कृष्ट संगीतकार आधुनिक

सुनिल मास्के -कैदी बनाउ

राजेश थापा -कहिले माया

सरोज प्याकुरेल -माछापुच्छ«े रोयो

पोषण श्रेष्ठ -पूर्णिमाको रात

डेनी निरौला -आमा मलाई

 

३३. सर्वोत्कृष्ट एल्बम

अस्तित्व -सञ्जिव कुमार पौडेल

रुपम -रुद्र शेखर

नूतन कृति -नूतन भुषाल

कर्म -एसपी सापकोटा

परिभाषा -राखी गौचन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु