शाहरुखको ‘सिग्नेचर स्टेप’बाट फ्यानले राखे विश्व किर्तीमान

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०८०, आईतवार

मुम्बई । बलिउड अभिनेता शाहरुख खान आफ्नो कामलाई जस्तै माया गर्छन् आफ्ना फ्यानहरुलाई पनि उस्तै । उनले फ्यानको पनि अत्याधिक माया पाउँदै आएका छन् । यसको ज्वलन्त उदाहरण उनको घर बाहिर देखियो ।
एक खास ‘डान्स सिग्नेचर’ले प्रशंसकमाझ चर्चित छन् । फ्यानहरुले उनको घर मन्नत बाहिर सबैभन्दा धेरै जनाको उपस्थितिमा सोहि सिग्नेचर स्टेप बनाएर विश्व किर्तीमान राखेका छन् ।

शाहरुखको घर बाहिर हरेक दिन फ्यानको भीड लाग्ने गरेको हालै जब शाहरुख खान फ्यानलाई ‘सरप्राइज’ दिनका लागि मन्नतको बालकोनीमा आएर आफ्नो सिग्नेचर स्टेप देखाए, तब घर बाहिर उपस्थित तीन सय फ्यानले एकसाथ उनको सिग्नेचर स्टेपलाई पछ्याए सो किर्तीमान बनाएका हुन्।

यो क्रम केही समयसम्म रहेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । शाहरुखले सिग्नेचर स्टेप देखाएपछि उनले फ्यानलाई हात जोडेर अभिवादन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु