संगीतरत्न शम्भुजित बासकोटालाई मातृशोक

म्यूजिक खबर
प्रकाशित: २० पुष २०८२, आईतवार १८:४२

काठमाडौं । प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक परेको छ । संगीतरत्न बासकोटाको ममतामयी आमा मिठु बासकोटाको १०६ वर्षको उमेरमा ओम अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो । उहाँको स्वास्थ्यमा समस्या आएपछि ओम अस्पताल लगिएको थियो । उहाँको आज नै अन्त्येष्टि गरिने परिवार स्रोतले जानकारी दिएको छ ।
आमाको शोकबारे संगीतरत्न बासकोटाले सामाजिक सञ्जालमा लेख्नुभएको छः ‘मेरो आमाले मलाई एक्लै छोडेर यो संसारबाट सधैंका लागि बिदा लिनुभयो ।’

नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा संगीतकार संघ नेपालका संस्थापक अध्यक्षसमेत रहनुभएका बासकोटाले चार सयभन्दा बढी चलचित्रमा संगीत भर्नुभएको छ भने २५ सयभन्दा बढी गीतमा संगीत, स्वर र शब्द सिर्जना गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु