शम्भूजित र मञ्जुको ‘गोरखा भर्सेस दोलखा’

म्यूजिक खबर
प्रकाशित: २२ बैशाख २०७८, बुधबार

काठमाडौं । वरिष्ठ संगीतकार शम्भूजित बासकोटा र गायिका मञ्जु थापाको स्वरमा यतिखेर नयाँ गीत पा¥यो माया जालैमा (गोरखा भर्सेस दोलखा) सार्वजनिक भएको छ । शम्भुजित बासकोटाको शब्द तथा सङ्गीतमा तयार भएको यस गीतको संगीत संयोजन भने नरेन्द्र वियोगीको रहेको छ । गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रले गरेका छन् ।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्पा खडका र सुनिसा बजगाईंलाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।

गीतको भिडियोमा दोलखा र गोर्खाको युवा युवतीबीचको प्रेमलाई दर्शाइएको छ । लेजेन्ड सङ्गीतकार तथा गायक शम्भुजित बास्कोटा र बरिष्ठ गायिका मन्जु थापा यो प्रस्तुतिलाई यतिबेला धेरै स्रोता÷दर्शकले रूचाई रहेका छन् । उहाँहरूका थुप्रै गीत स्रोतादर्शकमाझ लोकप्रिय छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु