‘शंकर बिसी डान्स एकेडेमी’ सञ्चालनमा

म्यूजिक खबर
प्रकाशित: ११ असार २०८०, सोमबार

काठमाडौं । लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले काठमाडौंको महाराजगन्जमा डान्स एकेडेमी सञ्चालनमा ल्याएका छन् । विगत लामो समयदेखि कला क्षेत्र क्षेत्रमा ख्याति कमाएका बिसीले काठमाडौं ३ महाराजगन्ज चोकमा ‘शंकर बिसी डान्स एकेडेमी ’ नामको डान्स एकेडेमी सञ्चालनमा ल्याएका हुन् ।

डान्स एकेडेमीको नायिका मिथिला शर्माले उद्घाटन गरिन् । सो अवसरमा नेपाली गीत संगीत क्षेत्रका चर्चित मोडल तथा डान्सरहरुको उपस्थिति रहेको थियो । सो अवसरमा मोडल तथा डान्सर महेन्द्र गौतमले पनि शुभकामना दिए ।

नृत्य सिक्न चाहानेहरुको लागि एकेडेमी सञ्चालनमा ल्याएको बिसीले बताए । उनले भने, ‘विगत लामो समयदेखि डान्स सिकाउदै आएको थिएँ । बिचमा कोरोना महामारी र लकडाउनले गर्दा प्रभावित भयो । अब स्थायीरुपले एकेडमी चलाउछु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु