• ‘रारा तालैमा’ शंकर र सारिकाको रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: ४ कार्तिक २०७७, मंगलवार

    काठमाडौं । लोकप्रिय मोडलद्वय शंकर बिसी र सारिका केसीले अभिनय गरेको ‘रारा तालैमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बिमा कुमारी दुरा, गायक धर्मराज पोखरेल, कृष्ण सुधा ढुंगाना र सुरेश रमण अधिकारीको स्वर रहेको छ ।

    गीतमा शिखर गजरकोटेको शब्द तथा कृष्ण सुधा ढुंगानाले संगीत भरेका छन् । गीतमा बिबी अनुरागीको संगीत संयोजन रहेको छ ।

    दुर्गा पौडेलले छायांकन गरेको उक्त गीतको भिडियोमा नविन घर्ती मगरको सम्पादन रहनुका साथै गायक धर्मराज पोखरेलको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु