• लोकराजको शब्द, अर्जुनको संगीतमा शान्ताको ‘यस्तो भाछ मलाई त’

    म्यूजिक खबर
    प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार

    बुटवल । लोकप्रिय गीतकार लोकराज अधिकारीको शब्द सिर्जना एवं अर्जुन पोखरेलको संगीत सिर्जनामा गायिका शान्ता जिसीको नयाँ गीत ‘यस्तो भाछ मलाई त’ सार्वजनिक भएको छ । जापानमा रहेर नेपाली संगीतलाई निरन्तर साथ् दिईरहेकी सुमधुर स्वरकी धनी गायिका शान्ता जिसीको पछिल्लो गीत हो ‘यस्तो भाछ मलाई त’ । ‘यस्तो भाछ मलाई त’मा गायिका जिसीलाई गायक प्रताप दासले स्वरमा साथ दिएका छन् ।

    प्रेमिल जोडीको एक अर्कालाई छोड्न नि नसक्ने तर मायाले बाँधिरहने जोडीको बार्तालापलाई मिठो लयमा ढालेर बनाइएको गीत हो ‘यस्तो भाछ मलाई त’ ।
    ‘यस्तो भाछ मलाई त’ गीतको भिडियोलाई काजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोमा कजिश श्रेष्ठ, लोमश शर्मा, करिश्मा ढकाल, समरिका ढकालको बेजोड अभिनय छ । अजय रेग्मीको छायाँकन रहेको गीतको भिडियोलाई दिपक विस्टले सम्पादन तथा कलरिङ गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु