काठमाडौं । वरिष्ठ संचारकर्मी एवं गीतकार शान्तिप्रियको शब्द रचनामा रहेको गीत ‘ओइ माया ओइ’ सार्वजनिक भएको छ । गीतमा दिपक शर्माले संगीत सिर्जना गरेका छन् भने गायक सविन सुवेदी र मोडल अनामिका चौलागाईले स्वर दिएका छन् । गीतको संगीत संयोजन गायक सविन सुवेदीले नै गरेका छन् ।
गीतको भिडियोमा भने मोडल अनामिका चौलागाईं र नायक श्रीदेव भट्टराईले अभिनय गरेका छन् । ‘ओइ माया ओइ’को भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् भने सञ्जीवनी गोपालीको कोरियोग्राफी रहेको छ । त्यस्तै बालकलाकारका रूपमा परिषा थापा र रोनीश खड्का रहेका छन् ।
भिडियोको छायाँकन दिनेश पराजुलीले गरेका छन् भने शिलान लम्सालको कलर एवम् सम्पादन रहेको छ । छायाँछवि क्रियशनको ब्यानरमा निर्माण भएको यो गीतलाई ऋऋल्भउब ियूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।