बरिष्ठ रंगपत्रकार शान्तिप्रिय ‘पत्रकारिता रजत सम्मान’ बाट सम्मानित

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७७, मंगलवार

काठमाडौं । बरिष्ठ रंगपत्रकार शान्तिप्रिय ‘पत्रकारिता रजन सम्मान’ बाट सम्मानित भएका छन् । ‘सातौं नेसनल क्यापिटल म्युजिक अवार्ड’ मा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

सुचना प्रविधि तथा संचारमन्त्री पार्वत गुरुङ, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, अवार्डका अध्यक्ष माधव निर्दोष लगायतले शान्तिप्रियलाई दोसल्ला ओढाएर माला र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।

रंगपत्रकारिता मार्फत लामो समयदेखि नेपाली कलासंस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शान्तिप्रियलाई सम्मान गरिएको कार्यक्रममा बताइएको थियो ।

क्यापिटल इभेन्टको आयोजनामा र शुभकामना मिडिया सोलुसनको व्यवस्थापनमा भएको कार्यक्रममा गीतसंगीत क्षेत्रका कलाकर्मीले अवार्ड र सम्मान पाएका थिए ।

उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट  गायिकाको अवार्ड चुमेका थिए ।

त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई अर्पण गरिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु