शान्तिश्री सँगसँगै चर्चा र प्रंशसा कमाउँदै गायक सचिन भट्टराई

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०८१, शनिबार

काठमाडौं । उदीयमान प्रतिभाशाली गायक सचिन भट्टराईको नयाँ गीत ‘चिन्न सकिनँ’ सार्वजनिक भएको छ । गीतमा सचिनसँग लोकप्रिय गायिका शान्तिश्री परियार र मीनबहादुर विश्वकर्माको स्वर रहेको छ । त्यस्तै सचिन स्यमंको शब्द रहेको उक्त गीतमा रमेश परियारले संगीत भरेका हुन् । कृष्ण केसीले गीतको संगीत संयोजन गरेका हुन् भने बिमल छिनालले मिक्सिङ मास्टरिङ गरेका हुन् ।
गीत सार्वजनिक भएसँगै युट्युवमा अडियो भिडियो दुबै उत्कृष्ट भन्दै राम्रो प्रतिक्रिया आइरहेको छ । शान्तिश्रीसँगै गायक सचिनको पनि गायकीको प्रंशसा भएको छ ।

निकै मार्मिक शब्द समावेश भएको गीतको भिडियोलाई सुनिल बिकले निर्देशन गरेका हुन् । दिनेश पराजुलीको टिमले छायांकन गरेको भिडियोमा देबेन्द्र बब्लु, सुरक्षा इटानी, सचिन भट्टराई र उर्मीला पुलामी मगर फिचर्ड छन् । प्रबिण भट्टले सम्पादन गरेको भिडियोलाई सचिन भट्टराई युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु