अभिनेत्री अशिश्मा नकर्मीको स्वरमा ‘नेपालकी छोरी’

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । अभिनेत्री अशिश्मा नकर्मीले पनि गीत गाएकी छिन् । रंग पत्रकार तथा संचारकर्मी एवं गीतकार शान्तिप्रियको शब्दमा अशिशमा नकर्मीले गाएको गीत म्यूजिक भिडीयोको रुपमा सार्वजनीक गरीएको हो । नेपालकी छोरी…यस गीतलाई राजाबाबु थारुले रेकर्डिङ, मनोज चौलागाईले एरेञ्ज, प्रकाश मिश्रले मिक्सिङ गरेका छन् भने संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् ।
म्यूजिक भिडियोमा नृत्य एवं निर्देशन राजीब बलामीले गरेका छन् भने मोडल एवं अभिनेत्री शुशीला थापा फिचरिङ छिन् । मुकेश हुमागाईको ५ायाँकन, राजीब बलामीको सम्पादन, कविता तोलाङ्गीको श्रृङ्गार, मिलर गुरुङको कलर संयोजन एवं शान्तिप्रियको निर्दीष्ट रहेको छ ।

अभिनेत्रीहरुको स्वर रहने गरी शान्तिप्रियको आवाज नामक एल्बमप्रकाशित हुदैछ । जसका लागि अभिनेत्री अनु शाहको स्वरमा पनि गीत रेकर्ड भैसकेको छ भने अन्य हुने क्रममै छन् । नेपालकी छोरी.. गीतलाई यूट्यूब च्यानल सीसी नेपालले प्रकाशन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु