• गीतकार शान्तिराम भट्टराईको ‘अनायासै मेरा हात’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ४ असार २०७८, शुक्रबार
    Shishir Yogi

    काठमाडौं । गीतकार शान्तिराम भट्टराईको पछिल्लो नयाँ गीत अनायासै मेरा हात सार्वजनिक भएको छ । लोकप्रिय गायक शिशिर योगीको स्वरमा रहेको यो गीत म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो । संगीतकार शक्ति बल्लभको संगीत, निरज श्रेष्ठको संगीत संयोजन रहेको यो गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य भने भोला पौडेलले गरेका छन् ।
    केही समयअघि मात्रै भाग्य लेख्ने मसी सार्वजनिक गरेका गीतकार शान्तिराम भट्टराईले गीतिलेखनको निरन्तरतामा अर्को गीत ‘अनायासै मेरा हात’ सार्वजनिक गरेका हुन् । कोरोना महामारीले गर्दा मुलुकभरि लकडाउनले मानिसहरु थुनिनु परेको अवस्थामा गीतकार भट्टराई शब्द सिर्जनामार्फत आफूलाई सक्रिय बनाएका हुन् ।
    अनायासै मेरा हात गीतको स्टुडियो भिडियोमा गायक शिशिर योगीलाई नै प्रस्तुत गरिएको छ । भिडियोको छायाँकन तथा सम्पादनको कार्य सुरेश पन्तले गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु