• शारदाले ल्याइन् “चलाउछु भुइचालो”

    म्यूजिक खबर
    प्रकाशित: १४ मंसिर २०७९, बुधबार

    काठमाडौं । लोकप्रिय गायिका शारदा रसाइलीले ‘चलाउँछु भुइचालो’ बोलको गीतलाई सार्बजनिक गरेकी छिन् । स्थायी घर लमजुङ्ग र हाल काठमाण्डौमा रहेर आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाईरहेकी रसाइलीले केहि समय अगाडी मात्र खर्ककी चेली भाग १ आउ नाचौं बोलको गीतलाई सार्बजनिक गरेकी थिइन् ।

    नारायण दंगालको संगीत संयोजन रहेको उनको भर्खरै सार्बजनिक भएको गीतमा सन्तोष बि.सी, शारदा रसाइली नारायण दंगाल, प्रेम दिप राम्जाली, जयन्त मगर र माया मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको लय सन्तोष बि.सी.ले भरेका हुन् भने शब्द गायिका स्वयम् शारदाको रहेको छ । आफ्नै गाउँ वस्तीमा हुने जात्रामात्रा र मेला पर्वमा गाइने साथै त्यस्तै रितिरिवाजलाई केन्द्रित गरेर तयार पारिएको यस गीतको म्युजिक भिडियो पनि उस्तै बनाइएको छ ।

    भिडियोमा सन्तोष बि.सी, सारदा रसाइली, नारयण दंगाल, सपना गुरुङ्ग र सुमनको आकर्षक अभिनय देख्न सकिन्छ । शारदा रसाइली युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई सुमन्त बानियाँले निर्देशन गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पदान राज धामीले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु