शरद पाण्डेको उत्कृष्ट रचनामा मोया सार्बजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १७ पुष २०७६, बिहीबार

लोकप्रिय गायक नेपाल स्वयंसेवक संघका सल्लाहकार रविन लामिछाने र नेपाल स्वयंसेवक संघ कलाकार संगठन प्रदेश ५ अध्यक्ष ईन्दिरा गैरेको आवाजमा उत्कृष्ट गित मोया बजारमा आएको छ ।
मायां प्रेमलाई केन्द्रविन्दुमा राखेर बनाईएको गितलाई लेखेका छन शरद पाण्डेले भने गितलाई लय बनाएका छन अर्जुन सापकोटाले ,एरेन्ज गरेका छन कृष्ण भाञ्जाले ।

मोयालाई चिनेको मैले बोलिले नजरको गोलिले बोलको थेगो राखिएको गित पछिल्लोसमयमा गितसंगितप्रतिको प्रतिष्पर्धाको भिडमा गित भिडन लाएक देखिन्छ ।
घरबारीमा तोरी फुल्यो खरबारीमा बुकी ,्
मख्ख परि हे¥यौ मायां मै राम्रो पो छुकी ।।
हिमालैमा डाफे नाच्यो बनमा न्याउली रुदा ्
करेण्ट झै झटका लाग्यो चस्स तिम्ले छुदा ।।

भनेर दुई मुटु विचको मायां जाललाई शब्दजालमार्फत गितकार शरद पाण्डेले छताछुल्ल पारेका छन । भने यता गायक प्रत्यक्ष दोहोरीका राजा भनेर चिनिने रविनलामिछाने र पछिल्लो समयकी सवैको मनमा बस्न सफल गायिका ईन्दिरा गैरेले पनि स्वरले उत्तिकै जादु छरेको देख्न अनि सुन्न सकिन्छ ।

गितको अडियोसंगै भिडीयो पनि अत्यन्तै उत्कृष्ट बनेको छ । चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा बनेको गितमा सक्किगोनी सिरियलकी लोकप्रिय पात्र रक्षा श्रेष्ठ र अर्जुन गौतम नाचेका छन ।
गितमा पहिलो भेटमै मायां बसेको त्यो मायां छताछुल्ल देख्न सकिन्छ , गितको भिडीयोलाई पनि निकै मेहनतका साथ निर्देशक श्रेष्ठले तयार पारेका छन ।

गीतलाई ताजा इन्टरटेनमेन्ट युबट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यो गितबाट आफुले श्रोता दर्शकको मायां पाउनेमा गायिका ईन्दिरा लगायतको टिम विश्वस्त छ ।
गित सवैको लोक प्रिय बनोस हाम्रो तर्फबाट धेरै धेरै शुभकामना ।।
भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु