आज ४३ औं जन्मदिन मनाउँदैछिन् शर्मिला गुरुङ, यस्तो छ उनको जीवन कहानी

म्यूजिक खबर
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार

काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रमा सदावहार एवं बरिष्ठ गायिका हुन् शर्मिला गुरुङ । उनको आवाजमा धेरै गीतहरु सुनिसकेका छन् नेपाली लोकगीतप्रेमीहरुले । उनका सिर्जनामा मौलिकता पाइन्छ, लोकदोहोरी गीतको वास्तविक परिचय र पहिचान पाइन्छन् । उनले गाउने गीज गीतमा मौलिकता, यथार्थ, वास्तविकता हुन्छ । गाउँघरका शब्दलाई टपक्क टिपेर सिर्जना गर्छिन् । गीत बनाएर गाउँछिन् । त्यस्ता खाले सिर्जनाहरु सबैका मनमुटुमा बस्न सफल हुन्छन् ।

आज यिनै सुमधुर स्वरकी धनी सुप्रसिद्ध गायिकाको जन्मदिन परेको छ । उनलाई बिहानैदेखी सांगीतिक क्षेत्रका अग्रज र अनुज व्यक्तित्व लगायत धेरैले जन्मदिनको शुभकामना दिइरहेका छन् । शर्मिलाले आज आफ्नो ४३ औं जन्मदिन जन्मदिन मनाउँदैछिन् । सबैको मन मुटुमा बस्न सफल उनै गायिकालाई जन्मदिनको अवसरमा नजिकबाट चिन्ने प्रयास गरौं ।

-शर्मिलाको जन्म स्याङ्जा एलादी गाविस—४ खाल्टेकी मा २०३५ साल भाद्र ४ गते भएकोहो । यसर्थ आज शर्मिलाले आज ४३ औं जन्मदिन मनाउँदैछिन् ।
-शर्मिलाले रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र पोखरामा उनले पहिलो पटक गीत गाएकी हुन् ।
-रेडियोबाट प्रसारण हुने ‘देउराली’ कार्यक्रमबाट उनको संगीतिक यात्रा शुरु गरेको हो ।
-गायिका गुरुङले २०५६ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेकी थिइन् ।
-‘गहना’ उनको पहिलो एकल एल्बम हो । ‘गहना’ मा ‘सरर बरको छाँयालाई’, ‘फर्क मुग्लानी’ लगायत छ वटा गीत समावेश गरिएको थियो ।
-‘निलो पछ्यौरी’ उनको पहिलो रेर्कडिङ गीत हो ।

– शर्मिलाको गायनको यात्राले डेढदशक पार गरिसकेको छ ।

-गाउँमा लुकीछिपी रोधी बस्ने गायिका शर्मिलाको सांगीतिक करिअरलाई हेर्ने हो भने पोखराको सरगम दाहोरी साँझबाट सुरु भएको देखिन्छ । सरगमपछि सोल्टी दोहोरी साँझमा उनले काम गर्दै पोखरामा कलाकारिताको बाटो खोज्दै गरिन् । त्यसपछि रेडियो नेपालमा स्वर परीक्षा दिन काठमाडौं छिरेकी गायिका शर्मिलाले रेकर्डको अलावा काठमाडौंको पहिलो दोहोरी साँझ पुकार दोहोरी साँझमा गीत गाउन थालिन् ।

-गायिका शर्मिलाका लागि गायनमा पहिलो अवसर दिने व्यक्तित्व भने गायक पुरुषोत्तम न्यौपाने हुन् । तर उनलाई गायनमा आउनै पर्छ भन्ने गोपाल जीटी, सुविन गुरुङको नाम कहिल्यै बिर्सन सक्दिनन् उनी । उनीहरुले शर्मिलाई लिएर सांस्कृतिक कार्यक्रमहरुमा हिंड्ने, गीत गाउने अवसर दिने, हौसला दिँदै यो क्षेत्र तिमीले छोड्नुहुन्न भन्ने गर्थे । त्यही हौसलाले आज उनी नेपालीहरुको मन मुटुमा बस्न सफल भएको बताउँछिन् ।

-गायिका शर्मिलाको जीवनमा सबैभन्दा मन पर्ने गीत भने ‘रानीघाटैमा किन काँडा रोप्यौ नि निरमाया आउने बाटैमा’ हो ।

-युके, जापान, कोरिया, हङकङ, युरोप, सिंगापुर, खाडी मुलुक, मलेसिया, बू्रनाइ डेढ दर्जन मुलुकहरुमा सांस्कृतिक कार्यक्रममा गइसकेकी छिन् ।

-सुमधर स्वरकी धनि गायिका गुरुङले दुई हजार बढी गीत गाइसकेकी छन् ।

‘मिर्मिमुनी काली थुनेको’, ‘बल्लै भो भेट’, ‘चौतारीको बर’, ‘रानी घाटैमा’, ‘काली गंगा तरे’, ‘राम्दी पुल’, ‘जाने बेला भैन र रु’, ‘फाटी सक्यो होला, मैले बोक्ने डोको’, ‘राधा’, ‘सुनचाँदी’ उनका चर्चित गीतहरु हुन् ।

-लोकगीत, लोकदोहारी गीत र सालैजो बराबर तीज गीत पनि गायिका गुरुङले गाएकी छन् ।

‘हाम फालेर मरुँ कि त्रिशुलीको पानीमा’ पहिलो तीजगीत हो । ‘सिन्दुर छैन संगिनी हो’, ‘सुनिदिनु दिदीबहिनी’,‘ आज मेरो माइत जाने पालो’, ‘मादलुको तालैले’, ‘स्वर्ग झै प्यारो माइती देश’, ’मनमा छ पीरालो’ ‘फूल जस्तो मुहार’, ‘बिरानो माइती’, ‘तामैको अचार’, ‘आमा’ लगायत दर्जनौं तीजगीत गाइसकेकी छन् ।
गायिका शर्मिला गुरुङलाई ‘सालैजो गीतकी रानी’ भनेर पनि चिनिन्छ । धेरै सालैजो गीत गाउने गायिका पनि शर्मिला नै हुन् ।
‘जता हेरे पनि गाँउ र घर’, ‘तानसेनै बजार’, ‘हितैको माया, मिनी बसमा जाँउ है पोखरा’, ‘कति दिन बस्छ्यौं’, ‘दशैंको बेला, मनकामनाको मेला’, ‘फूलको थुङ्गा’, ‘हितैको माया’, लगायत करिब तीन दर्जन सालैजो गीतहरु पनि चर्चित छन् । सालैजो विशेषगरी गुरुङ र मगर समुदायमा प्रचलित छ । नेपालका कुना–काप्चा, शहर–बजार देखि विदेश सम्म उनको सालैजो घन्किन्छन्, घन्काउछन् । मेलापात, चाडपर्व, मेला–महोत्सव, रोधीँ घरमा उनले गाएका सालैजो घन्किन्छन् ।

पुकारपछि छहारी दोहोरी साँझमा काम गरेकी शर्मिलाले पुराना दिन सम्झिँदै भनिन्– ‘तत्कालिन समयमा दोहोरी निकै रमाइलो नै हुन्थ्यो, तलबभन्दा टिप्स धेरै पाइन्थ्यो । अझ त्योभन्दा धेरै सम्मान मिल्थ्यो । हामीले काम गर्दा बसेर गाइन्थ्यो, पारिवारिक वातावरणमा दोहोरीको मज्जा लिन पाइन्थ्यो । अनुशासनमा रहेर काम गरिन्थ्यो तर अहिलेको परिस्थितिमा दोहोरी उच्शृंखल बन्दै गएको छ ।’ अहिलेको दोहोरीमा अनुशासनको खडेरी छ । व्यवसायिकताको नाममा दोहोरीलाई फोहोरी बनाइयो । पारिवारिक रुपमा सँगै बसेर सुन्ने खालको दोहोरी बजारमा आउन छाडे, दोहोरी साँझमा त झन् पाहुनासँगै बसेर नखाएसम्म जागिर नपाउने अवस्था सिर्जना हुँदै गएको देखिन्छ । छाडापनसँगै गाइएको दोहोरीले व्यवसायिक बनेपनि दीर्घकालिन नबन्ने हुँदा सम्मानको खडेरी देखिन्छ ।

-गायिका शर्मिलाले गायिका बन्छु भनेर सोचेकी पनि थिइनन् । गाउन रहर लाग्थ्यो, कहाँ गएर गाउने होला भन्ने हुन्थ्यो तर गाउँमा पनि रोधी बस्न जान पाइँदैनथ्यो । परिवारले धेरै पढोस्, राम्रो घर गरिखाने बनोस् भन्ने सोचेकै कारण रोधीतर्फ जानुहुन्न इज्जतको कुरा हुन्छ भन्नुहुन्थ्यो तर रहरले ती कुरा तोडेर रोधी पु¥याउँथ्यो उनलाई । नसोचको कुरा हो यो क्षेत्र, गीत गाउँछु भन्ने रहर थियो, गाउँदै आउँदा आउँदै परिचित भइयो, सबैले आज गायिका भनेर चिन्ने वातावरण बन्यो ।

-अहिलेसम्मको जीवनको यात्रामा उनले देखेको सांगीतिक क्षेत्र नराम्रो भने छैन । राम्रो क्षेत्रका रुपमा लिन्छिन् लोकदोहोरीलाई शर्मिलाले । तर जस्तो काम गरियो त्यस्तै फल पाउनेमा भने उनी विश्वस्त छिन् । समयलाई चिनेर निरन्तरता दिनु नै सफलता ठान्छिन् उनी । गीतसंगीतमै बाँचिएको छ, जीविकोपार्जन चलेकै छ भने यस क्षेत्रलाई नराम्रो कसरी भन्ने । मानसम्मान र इज्जतसँगै जिन्दगी चल्नु भनेको दाम कमाउनुभन्दा ठूलो हो, शर्मिलाले भनिन् ।

-पहिले पहिले गाउँघरमा फलानको छोरी गीत गाउने भइ बिग्री भन्थे तर मैले भने आफ्नो काम, कर्तव्य र विश्वासलाई त्यागिनँ । अहिले तिनीहरु नै राम्रो गरिस् भन्छन्, गीत गाउने पनि सभ्य हुन्छन् भन्ने बनाउन सकेकोमा खुशी छिन् शर्मिला ।
– सदाबहार गायिकाको रुपमा नेपालीहरुका माझ चिनिएकी शर्मिलालाई हाम्रो तर्फबाट जन्मदिनको अथाह शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु