• शर्मिला र प्रकाशको स्वरमा ‘याद आउँछ आउँदैन’

    म्यूजिक खबर
    प्रकाशित: १४ आश्विन २०८०, आईतवार

    काठमाडौं । बिदेशी भुमि जापानमा रहेर पनि नेपाली कला संस्कृतिमा लागि परेकी सर्जक तथा गायिका शर्मिला तामाङको नयाँ गीत ‘याद आउँछ आउादैन’ सार्वजनिक भएको छ ।

    शर्मिला तामाङ र प्रकाश तामाङ टिटुङको स्वर रहेको गीतमा लय, शब्द भने शर्मिला तामाङकै रहेको छ । यस गीतमा मनिस लामाको संगीत संयोजन रहेको छ । सरगम स्टुडियोमा रेकर्ड भएको गीतलाई राजेश श्रेष्ठले रेकडिङ्ग र अर्पण थिङले मिक्सिंग गरेका हुन् ।
    अमर रावलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई प्रकाश खडकाले खिचेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोमा संचिता बोलाखे, साजन गुरुङ र दिपिका थापाको अभिनय रहेको छ ।

    साथीभाइ सब जना भेटिन्थ्यो पालैपालो चिप्लेटी खेलिन्थ्यो, याद आउछ आउदैन, मलाइ सधै झझल्को आइरहन्छ, तिमीले पनि बिर्सन पाउदैन । यस्तै मिठा मिठा भाबहरु गीतमा समाबेश गरिएको छ ।

    गीतलाई शर्मिला तामाङको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु