• महिला जनप्रतिनिधिहरूका लागि ‘शी लिड्स आईकन’ हुने आवेदन खुल्ला

    म्यूजिक खबर
    प्रकाशित: २ जेष्ठ २०८१, बुधबार

    महिला जनप्रतिनिधिहरूको कर्मगाथालाई विश्व सामु पुर्याउने उदेश्यको साथ शी लिड्स आईकन २०८१ को आवेदन खुलेको हो । महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने "कल्प इम्पावर वेमेन नेपाल" ले महिला स्वास्थ्य, महिला उद्यमशीलता, न्याय तथा निती,महिला सशक्तीकरण र जवाफदेहिताका क्षेत्रमा प्रेरणादायी काम गर्ने महिलाजनप्रतिनिधिहरु बिचमा प्रतिस्पर्धा गराउने भएको छ ।

    जसका लागि नेपाली महिला जनप्रतिनिधिहरूको सहभागितामा जीवन भोगाइ, जनप्रतिनिधि भए पश्चात गरेका राम्रा कामहरु,  अहिलेपनि भोग्नु परेका  समस्या र चुनौतीहरुलाई समावेश गरेर प्रेरणादायी वृत्तचित्र सहित ‘राजनितिमा महिला ‘ बिषयक राष्ट्रिय बहसको थालनी समेत सुरु गरीसकेको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले बताईन् । सुचना र प्रविधिको युगानुसार उनिहरुको कर्मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार गर्दै आम जनताको बिचार ,भावना र अभिमतलाई समेटेरलाई थप उर्जा र हौसला प्रदान गरिने कल्पले जनाएको छ ।
    नेपाली महिला जनप्रतिनिधिहरूको प्रेरणादायी जीवनी मार्फत समग्र महिला अधिकारको आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउने, राजनैतिक क्षेत्रबाट टाढा रहेका तथा सुरुवाती अवस्थामा रहेका महिलाहरुलाई हौसला तथा उर्जा प्रदान गर्ने, राजनैतिक क्षेत्रमा पछाडि पारिएका महिलाहरुमा राजनैतिक सोच र क्षमताको अभिवृद्धि गर्न भुमिका निर्वाह गर्ने , संविधान प्रदत्त महिला अधिकारलाई व्यवहारीक रुपमा महिलाहरुले प्रयोग गर्ने वातावरण मिलाउन दबाव सृजना गर्ने उदेश्य सि लिड आईकनको रहेको छ ।

    यसैगरी राजनैतिक अधिकारको आन्दोलनमा रहेका महिला अधिकारकर्मीहरुलाई सहयोग प्रदान गर्ने , महिला अधिकार र सशक्तिकरणको लागी आवश्यक योजना निर्माण गर्न टेवा पुर्याउने ,  नेपाली महिला जनप्रतिनिधिहरूको विगत, वर्तमान र भविष्यको बारेमा वृत्तचित्र तयार पारेर प्रेरणादायी कृतीको रुपमा संग्रह गरिने उदेश्य रहेको कल्पकी अध्यक्ष पुजा कोइरालाले बताईन् ।

    सी लिड आईकनमा भाग लिन गुगल फर्म मार्फत आवेदन दिन सकिन्छ । फर्म भर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।
    लिङ्क :https://docs.google.com/forms/d/e/1FAIpQLSfnCRt4NoPXFGXaA9MGnQeEnTzDds2dFKbS9F3D_8DHBlDKEQ/viewform

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु