• सितल अब गायिका पनि ! आरसिको शब्दमा गाइन् तीज गीत ! हेर्नुहोस् भिडियो ।

    म्यूजिक खवर
    प्रकाशित: १ श्रावण २०७५, मंगलवार

    श्रावण १, काठमाडौं । सीतल आचार्य र रिता बुढाथोकी संयुक्त प्रस्तुति रहेको तीज गीत ‘घिनघिन मादल घन्काउदै’ सार्वजनिक भएको छ ।

    सुमधुर स्वरकी गायिका रिता बुढाथोकीको साथमा पहिलो पटक कलाकार तथा मोडेल सीतल आचार्यले पनि स्वर दिएकी छिन्, यो तीज गीत सीतल आचार्यको पहिलो गीत हो ।

    तीज भन्ने बितिकै महिलाहरु माइत जाने हो माइतिमै रमाइलो गर्ने हो भन्ने चलन छ तर यो तीज गीत अली फरक ढंग बाट प्रस्तुत गरिएको छ।

    आर सि कोइराला को शब्द, बि बि अनुरागि को संगीत रहेको गीतमा साउन्ड मिक्सिङ श्यामस्वेत रसाइलीको रहेको छ ।

    अहिलेका चर्चित म्युजिक भिडियो निर्देशक मौसम हिमालिको निर्देशानमा गायिका सीतल आचार्यको नृत्य रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन भने सम्पादन नबिन घर्ति मगरको रहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु