शेखर लामाको ‘सोल्मारी’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । चाडवाड सँगै सोल्मारीको माग बढ्दै गर्दा गायक शेखर लामाले ‘सोल्मारी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । तामाङ्ग सेलोमा आधारित पप गीतमा तामाङ्ग र गुरुङ संस्कृतिलाई एउटै गीतको कथामा उन्न खोजेको निर्देशक नबिन बाबु गुरुङले बताए । सोल्मारीको स्वाद जस्तै एक पटक खाए पछि खाईरहुँ लागे गीतको भिडियो अत्यन्तै उत्कृष्ट बनेको छ ।

उक्त म्युजिक भिडियोलाई नबिन बाबुले नै छायाँकन गरेका हुन्। उक्त गीतमा जनक थोकरको शब्द रहेको सोही गीतमा धन दोङ्ग तामांङ्गको संगीत रहेको छ भने बालकृष्ण स्वेयचार्यको संगीत संयोजन रहेको छ । भिडियोमा नायक आनन्द गुरुङ र मोडेल हिस्सी साम्तेन लामाको अभिनय रहेको म्यूजिक भिडियोलाई जस्मिन मगरको नृत्य निर्देशन रहेको छ भने बिकाश धमलाको सम्पादन रहेको छ । ‘सोल्मारी’ बोलको गीतलाई सप्तक संगीतको युट्युबच्यानलबाट सार्वजनिक हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु