कलाकार जोगिन्दर पानवालाको गाइजात्रे कोसेली ‘गठबन्धन’

म्यूजिक खबर
प्रकाशित: ३१ असार २०७९, शुक्रबार
Shivashankar Rijal

काठमाडौं । ‘गाईजात्रा’ हास्य र ब्याङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएका छ।

देशको समसामाहिक राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मुल्यबृद्धि प्रति, जनतामा देखिएको राजनीतिक दल प्रतिको नैराश्यता, युक्रेन र रशिया युद्ध लगायत निकै मार्मिक बिषयहरु उनले यो बर्ष आफ्नो कमेडी ‘गठबन्धन’ मा समेटेका छन् ।

भरपुर प्रहसन समेत रहेको कोसेलीमा फिल्म भैरेको गीत ‘सान्ननी’ मा उनले प्यारोडी गीत बनाएका छन् । प्यारोडी गीतमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधव कुमार नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपेन्द्र यादव र चित्रबहादुर केसीलगायतलाई ब्याङ्ग्यको बिषयमा समेटेका छन् ।

ओएसआर डिजिटलको निर्माण तथा रिजालको लेखन, प्रस्तुति र निर्देशन रहेको ‘गठबन्धन’ को भिडियोमा रिजाल स्वयंको अलवा दमन रुपाखेती, राधिका हमाल, कमल मैनाली, घनश्याम गौतम, प्रेमशर्मा पौडेल, सुरेश तिमल्सिना, शिवराम कार्की, सविता खड्का लगायतको अभिनय देख्न सकिन्छ ।
‘गठबन्धन’ ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक भएको हो । बिगत दुई दशक भन्दा लामो समयदेखि गाईजात्राको अवसर पारेर नियमित कोसेली ल्याउने गरेका रिजालको ‘गठबन्धन’ २० औं कोसेली हो । यो भन्दा अगाडि उनले ल्याएको उनले ‘लकठाउन’ नामक गाईजात्रे कोसेली सर्वाधिक मनपराइएको थियो । यसपालीको कोसेली पनि दर्शकले रुचाउने उनको विश्वास छ ।

गाइजात्रा हामी हास्य कलाकारको लागि एउटा महान पर्व तथा उत्सव भएकोले लामो समयदेखि यो पर्वमा नियमित ब्याङ्ग्यका कोसेली ल्याउने गरेको रिजालले बताए । ‘पहिले यो पर्वमा थुप्रै ब्याङ्ग्यका कोसेली आउथ्यो । अहिले आउदैन’ रिजालले भने ‘परम्पराको निरन्तरता र सर्वसाधारण सुसज्जितका लागि म भने कोसेली नियमित बनाउने गरेको छु ।’ गाइजात्रामा ब्याङ्ग्य गर्न छुट भएकोले पनि अन्य समय भन्न नसकिएका बिषय ब्याङ्ग्यका रुपमा ल्याउने गरेको रिजालको भनाई रहेको छ ।

विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे कोसेली बजारमा ल्याउने गरेका रिजाल गाईजात्रामा हास्य व्याङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु आफ्नो धर्म नै मान्दछन् । अहिले आएको आफ्नो गाईजात्रे कोसेली समसामाहिक बिषय र राजनीतिक विकृति प्रतिको खरो झटारो भएको रिजालले सुनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु