
काठमाडौं । चर्चित लाेकदाेहाेरी गायिका शिबु गिरीलाई नरबहादुर परियार स्मृति पुरस्कार प्रदान गिरएकाे छ । राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशकाे साताैं वार्षिक साधारणसभा एवम् तेश्राे अधिवेशनकाे अवसर पारे गायिका गिरीलाई सम्मान गरिएको हाे । उनलाई ५५५५ नगद राशिसहित सम्मान गरिएको हाे । प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्कीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष पूर्व अध्यक्ष प्रजापति पराजुलीकाे प्रमुख आतिथ्यमा सम्मान गरिएको थियोे ।
गायिका गिरीले प्रतियोगितात्मक दाेहाेरी गायनमा ख्याति कमाउन सफल भइ गीतसङ्गीतमा पुर्याउनुभएकाे याेगदान स्वरुप सम्मान गरिएको हाे ।
त्यसैगरी तीर्थ सागर स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार राजाराम पाैडेललाई दिइएको थियो । प्रतिष्ठानकाे उच्च शिक्षा पुरस्कार प्रतिष्ठान म्यादीका सचिव करण कँडेललाई उच्च शिक्षा पुरस्कार प्रदान गरिएको थियाे ।
त्यस्तै संस्थागत रुपमा याेगदान पुर्याउने प्रतिष्ठान पर्वतका कृष्ण पुनलाई प्रदान गरिएको थियाे