• प्रेमीलाई धोका दिएर शिल्पाले कसिन् लगनगाँठो

    म्यूजिक खबर
    प्रकाशित: ९ भाद्र २०७७, मंगलवार

    काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा धोका पाएकाको कथालाई उतारिएको गीतमा गायक श्रेष्ठ र गायिका मेलिना राईले आवाज दिएका छन् । राम अविरल विष्टका शब्द, राजन तिमिल्सिनाको संगीत सिर्जना रहेको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ ।

    फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतले प्रेममा चोट पाउनेहरुमा वेदनालाई नजिकबाट केलाएको छ । भिडियोमा वैंशालु उमेरमा प्रेममा परेका तर परिस्थितिले प्रेमीप्रेमीका एक हुन नसकेको असफल प्रेम कहानीलाई देखाउन खोजिएको छ । गीतमा अभिनेत्री पोखरेलले दुःखान्त परिवेशको अभिनय गरेकी छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु