‘शरदको चिसो हावामा’ शिल्पा र ईश्वरको रोमान्स

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०८२, मंगलवार १६:०१

काठमाडौं । दिन पर दिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाको शब्द, संगीतमा ‘शरदको चिसो हावामा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

विदेशी भूमिमा व्यस्त जीवन व्यथितको बाबजूद पनि नेपाली गीतसंगीतलाई माया गरि एकपछि अर्को भिडियो दर्शक, श्रोता माझ पस्कने क्रममा उनको यो पछिल्लो कोसेली ‘शारदको चिसो हावामा’ गीतको भिडियो सार्वजनिक भएको हो ।

एडवर्ड थापाको स्वर रहेको गीतको भिडियोमा ईश्वर थापा र शिल्पा पोखरेललाई क्यानडाको सुन्दर दृश्य समेट्दै फिचरिङ्ग गरिएको छ भने यसमा छायांकन, सम्पादन तथा निर्देशन हेरुका लामाको रहेको छ ।

अभिनेता ईश्वर थापाले गत महिना बडा दशैंको अवसर पारेर ‘दशैंको टिका’ गीतको भिडियो सार्वजनिक गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु