समाजको यथार्थ चित्रण गर्दै ‘छोरो अमेरिका छ’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १३ जेष्ठ २०७६, सोमबार

काठमाडौं । ‘छोरो अमेरिका छ’ गायक शिरीष देवकोटाको पछिल्लो लोक गीत हो । गायिका सम्झना भण्डरीको सहगायनमा रमेश बिजीको शब्दमा गायक देवकोटाले नै लय भरेका छन् । लोक गीत भनेपछि लोककै कुरा, लोककै भाका हुनुपर्छ भन्ने मान्यता बोक्ने गायक देवकोटाको यो गीत पछिल्लो समयको समाजको यथार्थताभित्र लेखिएको छ । हिजो खाडी मुलुक र विकसित मुलुकहरुमा नेपालीहरु गए पनि धेरै फर्कने गर्थे तर पछिल्लो समय छोरा र छोरीलाई विदेश पढ्न वा काम गर्न पठाए उतै हराउने परम्परा चलेको छ । घरमा भएका बाबुआमा नमरेसम्म घर नफर्कने परम्परामा रहेको नेपाली समाजको यथार्थ घटनामा ‘छोरो अमेरिका छ’ गीत बजारमा आएको हो ।
लोक गीतमा लोकका भाव हुनुपर्दछ लोक दोहोरी गीतले सामाजिक यथार्थतालाई बाहिर ल्याउनु पर्दछ यस्तै पेरिफेरीमा तयार भएको गीत ‘छोरो अमेरिका छ’ बोलको गीतलाई श्रम, रोजगार तथा सुरक्षा मन्त्रि गोकर्ण बिस्टको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । मन्त्री विष्ट लोकसंगीतलाई माया गर्ने मन्त्रीका रुपमा देखिएका छन् ।

कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनी, प्रतिष्ठानकै सल्लाहकारहरु नारायण रायमाझी, उज्ज्वल जंग ठकुरी, आरसी कोइराला, सभासद ठाकुर गैरे, प्रस्तोता समाजका अध्यक्ष शिव हमाल, वरिष्ठ गायक बमबहादुर कार्की, वरिष्ठ संकलक कृष्णसुधा ढुंगाना, गायक इन्द्र जिसी, वरिष्ठ अभिनेता नीर शाह, अभिनेत्री हिउँवाला गौतम, व्यवसायी बासु गिरी, व्यवसायी नारायण रेग्मी, पृथ्वी थकाली लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम बरिष्ट अभिनेता निर शाहले नेपाली लोक तथा दोहोरी गीत र यस भित्रको नालीबेलीको बिषयमा बोल्दै गाउन नआएता पनि आफुलाई लोक दोहोरी गीत सुन्न थालेपछि दिनरात बितेको पत्तो नहुने धारणा ब्यक्त गरेका थिए । उनले आफूले अभिनय गर्नका लागि गीतले छुनुपर्ने बताउँदै ‘छोरो अमेरिका छ’ गीतले मन मस्तिष्कमा छोएपछि अभिनय गर्ने प्रतिबद्धता गरेको बताए । निर शाह लगाएत थुप्रै कलाकारहरुले यस गीतले सामाजिक यथार्थता बोलेकोले पूर्ण सफलताको शुभकामना ब्यक्त गरेका छन् ।

कार्यक्रममा गायक शिरीष देवकोटाले लोकगीतको मर्म र धर्मलाई आफूले नभुलेर गीत निर्माण गरेको बताए । सकेसम्म भिडियोमार्फत् पनि गीतको अर्थलाई प्रस्ट्याउन खोजिएको बताउँदै गायक देवकोटाले समाजको कथा बोक्ने गीत भनेकै लोकगीत भएका बताए । त्यस्तै गीतकार रमेश बिजीले भने– ‘समाजमा देखेको घटनालाई शब्दमा उतारेको मात्र हो, समाजभित्रकै पात्रहरुलाई गीतमा ल्याएको हो ।’ बिजीले गीत कस्तो बन्ला भन्दा पनि समाज कस्तो बनिरहेको छ भन्ने चिन्ता मात्र व्यक्त गर्न खोजेको बताए ।

Music Khabar Music Award 2019

गीतको म्युजिक भिडियोमा बरिष्ट अभिनेता निर शाह, हिउँवाला गौतम, श्रीप्रसाद थापा, सोनी गुरुङ, रमेशबाबु थापा, प्रतिकजंग ठकुरी, एलिना ठकुरी, नवराज भण्डारी, अस्मिता भण्डारी, सुबाश शर्मा, ममता गुरुङ, रोशन भुसाल, अबिगेल गुरुङ, कमला गुरुङ, कृष्ण प्रसाद ढुंगाना र गोमा न्यौपानेको जिबन्त अभिनय रहेको छ । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने राजेश घिमिरेको छायाँकन रहेको छ । विष्णु शर्माले यस भिडियोको सम्पादन गरेका हुन् । गीतको सम्पूर्ण लगानी पृथ्वी इन्टरटेनमेन्टले गरेको हो भने गीतको भिडियो पनि पृथ्वी इन्टरटेनमेन्टकै यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

 


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु