बैकुण्ठ र शिलतले ल्याए ‘पिरतीमा ए प्लस’

म्यूजिक खबर
प्रकाशित: १ बैशाख २०७८, बुधबार

बैकुण्ठ र शिलतले ल्याए ‘पिरतीमा ए प्लस’
काठमाडौं । चर्चित गायक वैकुण्ठ महत र गायिका एवम् प्रस्तोता शितल शर्माको स्वरमा ‘पिरतीमा ए प्लस’ बोलको गीत बजारमा आएको छ । आफूलाई माया गर्ने दर्शक श्रोताका लागि नयाँ वर्ष २०७६ को उपहार स्वरुप गीत सार्वजनिक गरिएको हो । रमेश बिजीको शब्द र वैकुण्ठ महतको लयमा तयार पारिएको गीतमा कृष्ण बिक ‘भान्जा’ को संगीत संयोजन रहेको छ । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिको गीतलाई मिक्सिङ तथा मास्टरिङ भने श्यामश्वेत रसाइलीले गरेका हुन् । गोविन्द अनेक, पदम ल्वागुन, स्मृती शाही, आकृति विश्वकर्माको कोरस गायन रहेको छ ।

शितल शर्माको युटुव चयानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अन्जली अधिकारी र अर्जुन गौतमको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई करण चैसिरले छायांकन गरेका हुन्। मनोज कार्कीको सम्पादन रहेको यस गीतको बजार व्यवस्थापन लुमिनिअस पोष्टवर्कस्ले गरेको छ ।

गीतबाट आफु निकै आशावादी रहेको गायिका शितलले हामीलाई बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु