शितल र हरिको युगल गीत ‘मन परेको कान्छु’ सार्वजनिक, भिडियोमा स्मारिका र सुशीलको रोमान्स

म्यूजिक खबर
प्रकाशित: २६ मंसिर २०८२, बिहीबार १८:२६

काठमाडौं । लोकप्रिय गायिका एवं सञ्चारकर्मी शितल शर्मा लामो समयपछि श्रोतामाझ आएकी छिन् । आफ्ना शुभचिन्तक श्रोता–दर्शकका लागि उनले नयाँ गीत ‘मन परेको कान्छु’ सार्वजनिक गरेकी छन्। शितल शर्मा र हरि गिरीको युगल स्वर रहेको यस गीतमा शब्द तथा संगीत हरि गिरी ‘बिमर्शी’ कै रहेको छ।

गीतको भिडियोमा सुशील रेग्मी, स्मरिका ढकाल लगायतका कलाकारले अभिनय गरेका छन्। भिडियोलाई श्रृंगार सरिता प्रजापतिले प्रस्तुत गरेकी हुन् भने कोरियोग्राफी र निर्देशन मौसम हिमाली, छायांकन नवराज उप्रेती, र सम्पादन मनोज कार्की ले सम्हालेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु