इन्जिनियर शुशिल चन्द्रसँग विवाह गर्दै गायिका शितल

म्यूजिक खबर
प्रकाशित: २४ मंसिर २०७८, शुक्रबार

काठमाडौं । पछिल्लो समय राजनीतिमा समेत अग्रसरता देखाएकी गायिका एवं उद्घोषक शितल शर्मा विवाह–वन्धनमा बाँधिने भएकी छिन् । धादिङ स्थायी घर भएका इन्जिनियर शुशिल चन्द्र रेग्मी शितलको भोली (मंसीर २५) विवाह भोलि हुन लागेको हो । ५ महिनाको चिनजान पछि विवाह हुने भएको हो ।

अनुपम फुडल्याण्ड, बत्तिसपुतलीमा पारिवारिक सदस्य र केहि संगीतकर्मी र कलाकाहरुको उपस्थितीमा शुशिलसँग शितलले लगनगाँठो कस्ने भएकी हुन् ।

पानीजहाज, महारानी, शितलु लगायतका गीतहरु मार्फत प्रशस्तै फ्यान कमाउन सफल भएकी शितल पछिल्लो समयमा राजनीतिमा पनि सक्रिय छिन् । नेपाली कांग्रेस बागलुङ जिल्ला सदस्य समेत रहेकी छिन् ।

शुशिल चन्द्र पनि राजनीति समेत सक्रिय छन् । उनी नेकपा एमाले निकट रहेर राजनीति गरिरहेका छन् । हाल उनी राष्ट्रिय युवा संघ नेपाल विज्ञान तथा प्रविधि विभागमा केन्द्रीय सदस्य रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु