
काठमाडौं । गायिका तथा उद्घोषिका शितल शर्माले यतिबेला समाजसेवामा सक्रियता बढाउँन थालेकि छिन् । पश्चिम बागलुङका विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्रीहरु सहयोग गरेकी छिन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग प¥याउने उद्देश्यले अक्सिजन सिलिण्डर, माक्स, सेनिटाइजर, पल्स अक्सिमिटर, लगाएतका स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् ।
गायिका शर्माले गाउँठाउँका नागरिकलाई कोभिड उपचारमा सहयोग होस् भन्ने उद्देश्यले विभिन्न स्वास्थ्य संस्थामा उक्त सामग्री पु¥याउने गरि स्थानीय सामाजिक अभियन्ता मार्फत बुर्तिबाङ सामान आएको बताइएको छ । उनले आर्थिक संकलन गरेर सामान गरिद गरि पठाइकी हुन् । निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाको बोबाङ स्वास्थ्य चौकीमा पु¥याउने गरी ६ हजार पिस माक्स, ६० लिटर स्यानिटाइजर, २ थान अक्सिजन सिलिन्डर, पल्स अक्सिमिटर ५ थान, थर्मोमिटर ३० थान, फेस सिल्ड २० थान गरी करिब ७० हजार रुपैयाँको स्वास्थ्य सामग्री पठाइएको शर्माले बताइन् ।
आफूले संचालन गरेको अभियानमा सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यबाद दिइन् । शर्माले गत वर्ष ढोरपाटनका बाढि पहिरो पीडितलाई पनि स्वदेश तथा विदेशबाट आर्थिक संकलन गरि पाँच लाख रुपैयाँ बराबरको सामान सहयोग गरेकी थिइन् ।